HAMRODESH.COM “HamroDesh, HamroPran” :: समसामयीक चर्चा

HAMRODESH.COM “HamroDesh, HamroPran”

December 13, 2006

सूचना! सूचना!! सूचना!!!

Filed under: समसामयीक चर्चा - सँकल्प @ 11:18 am

यहाँ कतैबाट झुक्किएर यस साइटमा प्रवेश गर्नु भएको भने कृपया हामि यहाँ सरेको जानकारी गराउन चाहन्छौ। हाम्रोदेश.कम http://hamrodesh.com यो नै हाम्रोदेशको स्थायी घरहो। धन्यवाद।

October 15, 2006

“कण्डम” - फुकेरै प्रथम !

Filed under: समसामयीक चर्चा - सँकल्प @ 3:59 pm

केहि दिन अगाडि एउटा टेलिभिजन च्यानलले "कण्डम"को सहि प्रयोग हुन नस्कदा बालबालिकाको मनोरञ्जनको समाग्री बन्यो भन्दै कराएको सुनेको/देखेको थिए। त्यो घटना थियो रेडक्रसले बाढीपीडितहरूलाई राहत सामाग्री बाढ्दा खेरीको। त्यो दिन चेतनाको अभाव हो भन्ने लागेको थियो। आज फेरी अर्को सामाग्री गोरखापत्रमा पढ्न पाएँ। लेखिएको रहेछ "कण्डम खेलमा ढालबहादुर प्रथम"।

दोलखाको चरिकोटमा असोज २८ गते भएको जनचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत उक्त खेल खेलाइएको रहेछ। अब अचम्म के भने बालबालिकाले त थाहा नपाए त्यसो गरे भने यहाँ रेडक्रसले नै त्यस्तो गर्न लगाएको रहेछ अब यसलाइ के भन्ने?

जनचेतना जगाउन त जसको जे प्रयोग हो त्यो प्रति लक्षित हुनु पर्ने ठाउँमा यसरी फुलाउन लगाएर जनचेतना कत्तिको फैलिन्छ कुन्नि! गलत अर्थ नलगाइयोस्। शैक्षिक उपाय अपनाइयोस् मात्र भन्न खोजेको।

गोरखापत्रको समाचार यस्तो छ।

कन्डम खेलमा ढालबहादुर प्रथम: दोलखा समाचारदाता

चरिकोट, असोज २८ गते। कन्डम सुरक्षित, भरपर्दो र बलियो हुन्छ भन्ने जनचेतना अभिवृद्धि गराउन नेपाल रेडक्रस सोसाइटी उपशाखा चरिकोटले आयोजना गरको ‘कन्डम खेल’ मा ढालबहादुर थामीले प्रथम स्थान हासिल गरे। एक मिनेटको अवधिमा नफुटाइकन कन्डम सबभन्दा ठूलो फुलाएर देखाइदिने ढालबहादु धामीभए भने आङ्निमा शेर्पा द्वितीय र पुरूषोत्तम न्यौपाने तृतीय भए।

१२औं राष्ट्रिय कन्डम दिवसको अवसरमा खेलिएको खेलमा नौ जनाले भाग लिएका थिए। विजयी प्रथम,द्वितीय र तृतीयलाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले क्रमश: तीन सय, दुई सय र एकसर रूपियाँ नगद वितरण गर्नु भयो।

जनमानसमा लुकेर रहेको शङ्कालु भावना हटाई कन्डमको प्रयोग गर्न लगाउन एक हप्ताव्यापी कार्यक्रमको आज अन्तिम दिन दोहोरो सुरक्षाका लागि कन्डम प्रयोग गरौं भन्ने नारासहित सदरमुकाम चरिकोमा एक र्‌यालि गरिएको आयोजकले बताए।

September 27, 2006

एकै व्यक्तिले कति पटक भोट दिन पाइन्छ?

Filed under: समसामयीक चर्चा - सँकल्प @ 11:57 am

- सँकल्प पोख्रेल

एकै व्यक्तिले कति पटक भोट दिन पाइन्छ?

यसको सहि जवाफ हो "जति पटक पनि"। तपाई सहमत हुनु भएन क्यारे। हो यहाँ यस्तै भोटिङ्ग हुन्छ। अचेल यस्तै संस्कृतिको जन्म भएको छ। विगत केहि वर्षदेखि मानौ यसको बाढीनै आएकोछ। फेरी भन्नुहोला चुनाव नै भएको छैन केको भोटको कुरा गर्छ यो?

मैले संविधानसभा वा अन्य कुनै प्रतिनिधी चुन्ने चुनावको कुरा गरेको होइन। मैले गरेको चुनावको कुरा हो "अवार्ड"को चुनाव। जस्तै अमेरिकाबाट सुरू भएको "अमेरीकन आइडल" देखि भारतीय बजारमा भित्रिएको "इन्डीयन आइडल" हुँदै नेपालमा सुरू भयो "नेपाली तारा" अनि अनेक अनेक। एफ एम हरूमा पनि आफ्नै खालका एफ एम अबार्ड र यस्ता प्रतियोगिताहरू अचेल फेशन भैसकेको छ।

गीतहरू छनौटमा पर्छ त्यो त्यहाँको कुनै चरणपार गरेर पर्छ होला। तर सुन्नमा आउछ त्यसमा पनि निश्पक्ष हुँदैन रे। यो आरोपहरू हो उनै अवार्ड पाएर पनि लिन नजाने कोहि र नपाएको झोंकमा पनि कराइहाल्नेहरूको।

अब कुरा गरौं मुल कुरा को। भोट दिने रे! भोट भनेको एक व्यक्ति एक भोट हुन पर्ने होइन र? मेरो मान्यता यहिहो। तर यहाँ त भोट जतिसक्छौ देउ अनि मलाइ जिताउ भन्ने नारा भै सकेको छ। एक पटक सोच्नुहोस् त अब हुने संविधानसभामा पनि यसै भयो भने कस्ले जित्ला?

म त यसलाइ विकृतिकोरूपमा हेरेको छु। यसले श्रष्टामाथि धात हुँदैन भन्न सकिँदैन। कसैको पहुँच इन्टरनेट वा अन्य माध्यममा नहुँन सक्छ जो राम्रो श्रष्टाहो। अचेल वेवसाइट मार्फत भोटिङ्ग भै राखेको छ। उदारहणको लागि "कालिका एफ‌ एम म्यूजिक अवार्ड" हेर्नु होला। यहाँ जति पटक पनि भोट दिन पाइन्छ।

यसमा छनौट भएकाहरू एफ एम ले छपाएको कार्ड किन्दै एकै व्यक्तिलाइ कार्ड भरिदिनुहोस् है भन्दै र साइबरवालाहरूलाइ विन्ति गर्दै बारम्बार भोट दिन आग्रह गर्दै हिडेको प्रष्ट देख्न पाइन्छ। के यसो गरेर कुनै वाइयात गीत वा शब्दले अवार्ड पायोभने कस्को खिल्लि उडाउने हो सोचनीय छ।

त्यसैले यस्ता विकृतिलाइ आजैबाट हटाउन जरूरी छ।

September 13, 2006

मल्लिक आयोगले ठहर्‍याएका दोषीहरु को-को हुन् - २

Filed under: समसामयीक चर्चा - सँकल्प @ 10:57 am

साभार:जनआन्दोलन.कम

१६. "आन्दोलन दबाउनलाई बराबर निर्देशन आउने ठाउ“ मुख्यतयाः गृहसचिव र गृहमन्त्रालय हो" । -ललितपुर जिल्लाका तत्कालीन प्र.जि.अ. प्रेमकुमार वान्तवाको बयान) १७. "पञ्चायत व्यवस्थाको विरोध गर्न नहुने भन्ने तत्कालीन केन्द्रीय नीति अनुरुपको कार्यहरू गरिन्थ्यो" । -काठमाडौं जिल्लाका तत्कालीन प्र.जि.अ. केशवराज राजभण्डारीको बयान) १८. -क) तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारले जनआन्दोलनलाई निष्त्रिmय तुल्याउनको निम्ति समय समयमा नीति बनाउनको लागि कहिले निजकै अध्यक्षतामा तथा धेरैजसो तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापाको अध्यक्षतामा सुरक्षा समितिको गठन गरिएको थियो, त्यहा“ तय गरेका नीति अनुरुप आन्दोलनकारीहरूलाई विफल तुल्याउन प्रशासनिक उपायहरूको सहारा लिएको थियो । -ख) सुरक्षा समितिमा गृहराज्यमन्त्री, गृहसचिव, आई.जी.पी., जनसर्म्पर्क चिफ, अञ्चलाधीश समेत रहने, उक्त समितिले आन्दोलन दबाउन समय समयमा विभिन्न निर्ण्र्ाारू गर्ने गर्दथ्यो । -ग) जनआन्दोलनको क्रममा केन्द्रबाट प्रधानमन्त्री, गृहराज्यमन्त्री, गृहसचिवहरूबाट समय समयमा नीति, निर्देशन हुन्थ्यो । -घ) जनआन्दोलनको क्रममा केन्द्रमा परशुनारायण चौधरीको संयोजकत्वमा प्रतिकार समिति गठन भएको थियो, उक्त समितिमा गृहराज्यमन्त्री निरञ्जन थापा, कमल थापा, डा. मोहम्मद मोहसिन, सुरेन्द्रबहादुर बस्नेत, हरिशचन्द्र महत, मुख्य सचिव, परराष्ट्र सचिव, भरतबहादुर प्रधान समेत थिए, यसको मुख्य कार्य राजनैतिक दृष्टिकोणबाट जनआन्दोलनलाई निष्त्रिmय बनाउनु थियो । -ङ) जनआन्दोलनको क्रममा जनआन्दोलनको आह्वान गरिसकेपछि तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई बलबाट होइन राजनैतिक समाधानको बाटो खोज्नुपर्‍यो भनी पटक पटक अनुरोध गर्दा समेत नमानेकाले नै जनधनको क्षति भएको हो । -च) २०४६।१२।२४ गतेको काठमाडौंमा घटेको घटनाको सम्बन्धमा सो दिन अगाडि चैत्र २३ गते अपरान्ह तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापाको अध्यक्षतामा सुरक्षा समितिको बैठक बस्यो, २४ गतेका दिन काठमाडौंमा कफर््र्यू लगाउनर्ुपर्छ भन्ने माग राख्दाराख्दै पनि उहा“ले नमानेकाले सो दिनको घटना घटी जनधनको क्षति हुन गएको हो ।" -तत्कालीन बागमती अञ्चल अञ्चलाधीश नरेन्द्रकुमार चौधरीको बयान) उपरोक्त बयान समेतका विवरणहरूका सम्बन्धमा के कसो भएको रहेछ भनी छानविन गर्न केन्द्रीय सुरक्षा समन्वय समिति समेतमा बसी आन्दोलन दबाउन विभिन्न किसिमका निर्देशनहरू प्रहरी प्रधान कार्यालयमार्फ् पठाउने गरेको भनिएका तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर सिंहलाई यस सम्बन्धमा के कसो भएको र के कसो गरिएको हो भन्ने सम्बन्धमा बुझ्न यस आयोगसमक्ष झिकाइ बयान गराउ“दा निजले ‘गृहमन्त्रालयबाट प्राप्त आदेश बमोजिम गर्न प्रहरी प्रधान कार्यालयलाई मातहतका प्रहरी कार्यालयहरूबाट निर्देशन दिएको हो, तत्काल केन्द्रीय सुरक्षा समिति प्रधानसेनापतिको अध्यक्षतामा, मुख्य सचिव, गृह सचिव, बलाधिकृत, बागमती अञ्चलाधीश, प्रहरी महानिरीक्षक, जनसर्म्पर्क कार्यालयका मुख्य अधिकृत समेत भएको समिति गठन गरिएको, शान्ति सुरक्षाको सम्बन्धमा के कस्ता उपाय अपनाउने भनी यसले श्री ५ को सरकारलाई सल्लाह दिने काम गर्दथ्यो, तत्काल अस्थायी प्रकृतिको सुरक्षा समिति गठन गरिएको थियो जसमा गृहमन्त्रीको अध्यक्षतामा महान्यायाधिवक्ता, गृहसचिव, प्रहरी महानिरीक्षक, नेपाल जनसर्म्पर्क प्रधान कार्यालय मुख्य अधिकृत, शाही नेपाली जंगी अड्डाका प्रतिनिधि र बागमती अञ्चलाधीश रहन्थे, सो समितिको बैठकको अध्यक्षता यदकदा प्रधानमन्त्रीले पनि गर्नुहुन्थ्यो, शान्ति सुरक्षा कायम राख्न कस्तो उपाय अपनाउने भन्ने सम्बन्धमा छलफल हुन्थ्यो, गृहमन्त्रीको अध्यक्षतामा बैठक बसेको बेला आफ्नो निर्ण्र्ाास्वीकृतिको लागि प्रधानमन्त्रीसमक्ष पेश गर्दथ्यो र प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको अवस्थामा बैठकको निर्ण्र्ााबमोजिम कार्यान्वयन गर्ने आदेश प्रधानमन्त्रीबाट हुन्थ्यो, केन्द्रीय सुरक्षा समिति र केन्द्रीय सुरक्षा समन्वय समिति अलग अलग थिए, दुवै समितिको निर्ण्र्ााकार्यान्वयन गर्ने अधिकार प्रधानमन्त्रीमा नै थियो, २०४६।१२।२३ गते गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कफर््र्यू लगाउने सम्बन्धमा छलफल भएको थियो, केही सदस्यहरूको कफर््र्यू नलाउने विचार रहेकाले सो प्रस्ताव अन्तिम निर्ण्र्ााो लागि प्रधानमन्त्रीसमक्ष पेश गरिएकोमा प्रधानमन्त्रीबाट कफर््र्यू लगाउनेबारे कुनै पनि आदेश प्राप्त नभएकाले कफर््र्यू नलगाइएको हो, अवैध राजनैतिक पार्टर्ीीे अस्तित्व बोध हुने गरी राजनैतिक उद्देश्यले र्सार्वजनिक अस्तित्व बोध हुने गरी राजनैतिक उद्देश्यले र्सार्वजनिक स्थलमा सभा जुलुस आदि रोक लगाउने श्री ५ को सरकारको नीति अनुरुप नै कार्य भएको हो’ भन्ने समेत व्यहोरा उल्लेख गरी यस आयोगसमक्ष बयान गरेको देखिूदा जनआन्दोलनको सिलसिलामा अस्थायी केन्द्रीय सुरक्षा समन्वय समिति गठन गरिएको र त्यस समितिको बैठक समय र परिस्थिति अनुसार प्रधानमन्त्री र गृहमन्त्रीको अध्यक्षतामा हुने सो समितिको निर्ण्र्ाारू प्रधानमन्त्री र गृहमन्त्रीबाट कार्यान्वयन हुने रहेछन् भन्ने कुरा देखिन आयो । आन्दोलन दबाउन अनुचित बलको प्रयोग समेत गर्नू भनी स्थानीय प्रशासनलाई समय समयमा आदेश दिई कार्यान्वयन गराउने भनिएका गृहमन्त्रालयका कामु सचिव भक्तबहादुर कोइरालालाई यस आयोगसमक्ष झिकाई बुझ्दा निजले प्रहरी महानिरीक्षकले उल्लेख गरे बमोजिमकै केन्द्रीय सुरक्षा समिति र केन्द्रीय सुरक्षा समन्वय समिति गठन गरिएको भनी बयान गरेको र ‘२०४६ साल पौष २६ गतेदेखि चैत्र ९ गतेसम्म सवारी शिविर पोखरामा कामु सवारी सचिवमा काजमा खटिएको र २०४६ चैत्र १० गतेदेखि पुनः गृहमन्त्रालयमा हाजिर भई कार्य गरेको, राजनैतिक व्यवस्थाले जे जस्तो लक्ष्य राखेको हुन्छ, त्यही मर्यादाभित्र रही काम गर्नुपर्ने हुन्छ । जनआन्दोलनको क्रममा शान्तिपर्ूण्ा जुलुसमा गोली चलाएको थियो भन्ने औचित्य देखिूदैन, शान्ति सुरक्षाका निमित्त बाध्य भई गोली चलाएको देखिन्छ, कानुनको संरक्षण गर्नु नै स्थानीय प्रशासनका निकायहरूलाई सजग गराउन निर्देशन दिइएको हो, कानुनको अधीनमा रही आफ्नो कर्तव्य पूरा गरेकोमा कसैले पनि सजायको भागी हुने कुरा आउ“दैन, दायित्व वहन गर्नुपर्ने हुूदैन’ भन्ने समेत व्यहोराको बयान गरेको देखिन्छ । २०४६ साल पौष २४ देखि २०४६ साल चैत्र ९ गतेसम्म गृहमन्त्रालयका कामु सचिव भई काम गर्ने भनिएका अतिरिक्त सचिव योगेन्द्रनाथ ओझालाई यस अवधिमा के कसो गरिएको हो भनी बुझ्न यस आयोगसमक्ष झिकाइ बयान गराउ“दा निजले गृहमन्त्रालयले आफ्ना मातहतका स्थानीय प्रशासनका निकायहरूलाई आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सजग गराएको हो, गृहमन्त्रालयको काम शान्ति सुरक्षा कायम राख्नु हो, त्यसबखतको संविधानको बर्खिलाप हुने गरी कसैले कामकारवाही गरी शान्ति सुरक्षामा बाधा पुर्‍याउने काम गरेमा यस्तो हुन नदिनु स्थानीय प्रशासन ऐनले व्याख्या गरेको, मेरो अवधिमा मैले कुनै त्रुटिपर्ूण्ा काम गरेको छैन भन्ने समेत व्यहोरा उल्लेख गरी बयान गरेको देखिन्छ ।

क्रमश:…….

September 11, 2006

मल्लिक आयोगले ठहर्‍याएका दोषीहरु को-को हुन् - १

Filed under: समसामयीक चर्चा - सँकल्प @ 5:13 pm


साभार:जनआन्दोलन.कम

मल्लिक आयोगको ठहर र दोषीहरूः

विभिन्न जिल्लामा घटेका विभिन्न घटनामा के कस्तो जनधनको क्षति भएको रहेछ र के कस्को त्रुटिबाट उक्त क्षति हुन गएको रहेछ भन्ने सम्बन्धमा प्रहरी तथा प्रशासकहरूको क्रियाकलापसमेतको विवेचना गरी जिल्लाको क्रमानुसार माथिका विभिन्न प्रकरणहरूमा उल्लेख गरिसकिएको हुँदा सो काम गराउन नीति निर्धारण गरी आदेश, निर्देश दिने व्यक्तिहरूको त्रुटिबाट नै विभिन्न घटनाहरू हुन गएको हो भन्ने प्रहरी तथा प्रशासकहरूको समेत भनाइ रहेको हुँदा सो सम्बन्धमा तत्कालीन मन्त्रिपरिषद् र पञ्चायत नीति तथा जा
"चबुझ समितिको के कस्तो नीति निर्देशन रहेछ सो सम्बन्धमा हेर्दा प्रहरी तथा प्रशासकहरूले यस आयोग समक्ष गरेको बयानमा निम्न व्यहोरा उल्लेख गरेको देखिन्छ ।१. "पञ्चायत व्यवस्थाले अरुलाई इतर विचारधारा राख्ने कुरा त्यसबेला परिवर्तकारीहरूलाई वर्दास्त गर्ने ठाउ" नै दिएको थिएन, पञ्चायत व्यवस्थाको करिव ३० वर्षो अवधि पञ्चायत इतर विचारधारा राख्नेलाई नियन्त्रण गर्ने राष्ट्रिय नीति बनाइ कार्य गरेको, तत्कालीन श्री ५ को सरकारको सोही अनुरुपको नीति रहेकोले जनआन्दोलनको समयमा जनधनको क्षतिका घटना हुन गएका हुन् ।"

-मोरङ्ग जिल्लाका तत्कालीन प्रजिअ रामानन्द मिश्रको वयान)

२. "जनआन्दोलन दवाउन गृह मन्त्रालय समेतबाट लिखित आदेश एवं निर्देशन प्राप्त भएको थियो ।"

-सुनसरी जिल्लाका प्रजिअ विन्देश्वरप्रसाद सिंहको वयान)

३. "जनआन्दोलनको बेला श्री ५ को सरकारबाट नै नारा, जुलुस, पर्चा पम्प्लेट हुन नदिनु भन्ने निर्देशन थियो सोही बमोजिम कार्य गरिएको हो ।"

-प्रहरी चौकी दुहवीका तत्कालीन प्रसनि देवीप्रसाद पोखरेलको वयान)

४. "जनआन्दोलन दवाउनको लागि प्रधानमन्त्रीद्वारा गृहमन्त्रीलाई आदेश दिएको र गृह मन्त्रालयद्वारा आफ्ना मातहतका विभिन्न विभागहरू, जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिई आन्दोलन दवाउनभनिएको थियो ।"

-प्रहरी चौकी यदुकुहाका इञ्चार्ज जन्मेजय साहको वयान)

५. "जनआन्दोलन सफल हुन नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट आवश्यक परे बल समेत प्रयोग, गर्न आदेश एवं निर्देशन समेत दिएको थियो, यस्ता आदेशहरू लिखित रुपमा समेत पटक पटक आएका थिए साथै प्रतिकार समिति गठन गर्ने आदेश प्राप्त भएको थियो ।"

-धनुषा जिल्लाका तत्कालीन प्रजिअ खेमराज रेग्मीको बयान)

६. "आन्दोलन हुन गर्न नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट पटक पटक आदेश प्राप्त हुन्थ्यो ।"

-मकवानपुर जिल्लाका तत्कालीन प्रजिअ गणेशप्रसाद भट्टर्राईको वयान)

७. "जनआन्दोलन भन्दा ४५ दिन अघि नै क्षेत्र क्षेत्रमा प्रजिअको सम्मेलन गरेकोमा त्यबेला प्रजिअहरूले राजनैतिक समस्याको सभमाधान राजनैतिक तवरबाट नै हुनर्ुपर्छ भन्ने प्रस्ताव ल्याउ
"दा सबैलाई हप्की दप्की गरी व्यवस्था जोगाउन जे गर्नु परे पनि गर्नु भनी तत्कालीन गृहराज्यमन्त्रीबाट निर्देशन दभएको थियो । गृहराज्यमन्त्री, गृहसचिव समेतबाट कुनै पनि किसिमले स्थिति नियन्त्रणमा लिन प्रजिअहरूलाई कडा निर्देशन दिइएको थियो । प्रतिकार समितिको निर्माण देखि लिएर बल प्रयोग गर्ने समेतका काममा प्रजिअलाई संलग्न गराइएको थियो ।"

-चितवन जिल्लाका तत्कालीन प्रजिअ विमलप्रसाद कोइरालाको वयान)

८. "गृहराज्यमन्त्री निरञ्जन थापा तथा गृह सचिव भक्तबहादुर कोइरालाले जनआन्दोलन हुन नदिनु भनी आदेश दिनुभएको थियो, गृह मन्त्रालयबाट प्राप्त पञ्चायत नीति तथा जा
"चबुझ समितिको आदेशबाट प्रतिकार समितिको गठन भएको थियो ।"

-तत्कालीन नारायणी अञ्चलाधीश टेकबहादुर थापाको बयान)

९. "तत्कालीन गृहराज्यमन्त्रीले आन्दोलन दवाउन गोप्य मन्त्रणा दिइरहन्थे ।"

-रुपन्देही जिल्लाका तत्कालीन कामुप्रजिअ आत्माराम पाण्डेको बयान)

१०. "प्रतिकार समिति गठन गर्न पञ्चायत नीति तथा जा
"चबुझ समितिको निर्देशनबाट समेत अञ्चलाधीशलाई निर्देशन हुने सोही बमोजिम जिल्लाहरूमा निर्देशन दिई कार्यान्वयन गर्ने गरिन्थ्यो" ।

-तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयका सहायक अञ्चलाधीश केदारमान अमात्यको बयान)

११. "आन्दोलन दबाउन गृहमन्त्रालयबाट समेत समय समयमा आदेश एवं निर्देशन भएको थियो" ।

-पाल्पा जिल्लाका तत्कालीन प्र.जि.अ. बलराम कापरको बयान)

१२. "जुलुस, विरोध पर््रदर्शन नियन्त्रण गर्न गृहमन्त्रालयबाट सम्बन्धित अञ्चलाधीशहरूलाई आदेश र निर्देशन जाने गरेको, सो आदेश र निर्देशन अञ्चल सुरक्षा समितिमार्फ् स्थानीय प्रशासनमा गई त्यहा
"बाट जिल्ला प्रहरी कार्यालयहरूलाई दिई सोही आदेश र निर्देशन अनुरुपको काम गर्ने गरिन्थ्यो" ।

-पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन का.वा.प्र.ना.म.नि. द्वारिकाबहादुर श्रेष्ठको बयान)

१३. "जनआन्दोलनकारीहरूलाई समयमा नै पक्राउ गर्ने, विरोध पर््रदर्शनहरू हुन नदिने जस्ता निर्देशनहरू गृहमन्त्रालयबाट प्राप्त भएकोले सोही बमोजिमको कार्यहरू गरिएको हो" ।

१४. तत्कालीन श्री ५ को सरकारको नीति, निर्देशन, तत्काल विद्यमान व्यवस्थाविरोधी गतिविधि परस्त सभा, जुलुस, नाराबाजी आदि रोक लगाउने समुच्चा खालको निर्देशन थियो, यस्ता आदेशहरू गृहमन्त्रालयबाट प्राप्त हुने गर्दथे" ।

-तनहूू जिल्लाका तत्कालीन प्र.जि.अ. ऋषिराम लामिछानेको बयान)

१५. "आन्दोलन दबाउन माथिल्ला निकायहरूबाट समय समयमा विभिन्न निर्देशनहरू प्राप्त हुने गर्दथ्यो" ।

-भक्तपुर जिल्लाका तत्कालीन प्र.जि.अ. सुवर्णलाल श्रेष्ठको बयान)

क्रमश:………………

August 15, 2006

अमेरिकामा गरिब नेपाली विद्यार्थी

Filed under: समसामयीक चर्चा - सँकल्प @ 3:01 pm

-: प्रदिप खनाल

एक मित्र गाउँथे- ‘अरूको भरमा बाँच्नुपर्छ गाडी नहुनेले…। ‘साँच्चै,आफ्नो सवारी साधन नहुनेहरू यहाँ बाँच्ने अरूकै साहरामा हो। दिनहुँ १६/१७ घन्टा खटिँदा पनि उनीहरू नुन किन्नसमेत अर्काको भरपर्नुपर्छ। चार वर्षअघि अमेरिका छिर्दा महँगो शिक्षण र क्रेडिटकार्डको अथाह ऋण सायदै कल्पेको थिएँ।  यहाँको कठिन जीवनशैलीसँग पौंठेजोरीगर्दागर्दै ‘अमेरिकन डिग्री’ हात पारियो।  २००३ डिसेम्बरको छुट्टीमानेपाल पुग्दा अर्का एक मित्रले भनेको झल्झली सम्झन्छु।  ‘धार्मिकदृष्टिकोणले भारतका गंगोत्री, यमुनोत्री, बद्रीनाथ र केदारनाथ चार धामभएझैं नेपाली विद्यार्थीका लागि बेलायत, अस्टे्रलिया, जापान र अमेरिकाचार धाम हुन्। ‘ यसले मन केहीहलुङ्गो हुन्छ। सम्पन्न व्यक्तिलाई अवसरको क्षितिज फराकिलो भए पनि मध्यम एवं निम्नवर्गीय परिवारका विद्यार्थीसँग निकै कम कल्प हुन्छन्।  नेपालबाटआउनेमध्ये धेरैजसोको रोजाइ चिकित्सा, इन्जिनियरिङ पढ्ने हुन्छ। पछिल्लो समय नेपाली विद्यार्थीको आकर्षण अमेरिकातर्फ मोडिएको पाइन्छ। तिनका लागि अमेरिका सर्वाधिक रुचाइएको शैक्षिक तीर्थस्थल भन्दा फरकपर्दैन।  राजनीतिक, आर्थिक र सामाजिकमात्र होइन, स्तरीय एवं आधुनिकशिक्षाका दृष्टिले पनि यो मुलुकले सबैको ध्यान खिच्न सफल भएको छ। नेपालमा प्रमाणपत्र तह सकेलगत्तै मेरो आकर्षण पनि अमेरिकाप्रति बढ्यो। संसारभर मान्य हुने ‘अमेरिकन डिग्री’ हासिल गर्ने रहर जाग्यो।  स्वदेशमाद्वन्द्व र नैरश्यले गर्दा मन ‘अवसरहरूको देश’ तर्फ कुत्कुति रह्यो। अमेरिकामा कमाइने ‘डलर’ र त्यहाँको उच्च जीवनशैली सुनेर पनि हुनसक्छ,त्यहाँ जाँदैमा आर्थिकस्तर र सामाजिक प्रतिष्ठा उकासिने बनावटी विश्वासलेपनि हुनसक्छ, मन बहकिँदै गयो।  अतः केही गरुँ अनि केही बनुँ भन्नेउद्देश्य बोकेर सन् २००१ मा अमेरिका टेक्न पुगेँ।  लाग्छ, धेरैजसो यिनैचाहना र कारणले  पढ्न भनेर  अमेरिका  पुग्छन् । मेरो  कल्पनाको  अमेरिकामा  गगनचुम्बी  भवन,  फराकिला तर  सुग्घर सडक,  छरितागाडी  थिए।  तर,  आर्कान्स  राज्यस्थित  आफ्नो कलेज  आइपुग्दा  भने  मैलेकल्पेका  कुनै चिज  भेटिँन।  ११  हजार  जनसंख्या  रहेको सानो  सहर,  आकर्षणकोनाममा  केबल त्यही  कलेज थियो।   वास्तवमा  भन्दा त्यो  अमेरिकन  गाउँ थियो । जेजस्तो  भए  पनिस्तरीय  शिक्षा  पाउने  भएकाले  अमेरिकन  गाउँको  बसाइ त्यति  नरमाइलो  नहुनेमाढुक्क  थिएँ । महँगो  शिक्षा  सामान्य  नेपालीको  पहुँचभित्र  नहुने  भएकाले  प्रायः  नेपालीविद्यार्थीले  अमेरिकामा  आफै संघर्ष  गर्नुपर्छ ।  कलेज  शुल्क,  घरभाडा,बिजुली,  टेलिफोन,  इन्टरनेट  आदिजस्ता  नियमित  खर्च, महँगा  पुस्तक र  पेटखर्च  आफैंले  जुटाउनुपर्छ ।  नियमित  कक्षामा  उपस्थित  हुनु र  परीक्षाका  लागितयार  रहनुका  साथसाथै  अतिरिक्त  काम गरेर  खर्च  उठाउनु कम  कठिन छैन।   प्रायःस्नातकोत्तरको  अध्ययनका  लागि  कलेजबाटै  उत्कृष्ट  विद्यार्थीलाई  खर्चदिइन्छ,  तर स्नातक  गर्दा भने  कमैले  यस्तो  सहुलियत  पाउँछन्।   यसर्थ,सम्पूर्ण  खर्च आफै  व्यहोरेर  स्तरीय  शिक्षा  हासिल गर्न  सम्भव भए  पनि  त्योफलामे  च्युराझैं  बन्न पुग्छ । अमेरिकी  प्रणालीमा  विदेशी  विद्यार्थीले  आफ्नो  कानुनी  हैसियत  जोगाइराख्न  ९महिना  कलेजमा  पढ्नैपर्छ ।   गर्मीयामको  बाँकी तीन  महिना भने  कक्षा नलिए  पनिहुन्छ।   त्यही तीन  महिने  छुट्टी  हामीजस्ताको  जीउने,  पढ्ने आधार  हो।   यहीअवधिमा  सक्दो काम  गरेर  वर्षभरिको  खर्च  जुटाउनुपर्छ।  प्रायः  सबैजसोत्यसबेला  कम्तीमा  दैनिक १६/१७  घन्टा  काममा  खट्छन्।  म  दिनको  मुश्किलले३/४  घन्टा  सुतेर  दिउँसो २  बजेदेखि  भोलिपल्ट  बिहान ९  बजेसम्म  काम गर्थें । एकपटक  लगातार २६  घन्टा  खटेको  मानसपटलमा  ताजै छ।   एउटा  फ्ल्याटमा  २२/२३जना  बस्नु अनि  दिन-रात काम  गर्दा  महिना, दिन र  गतेको  पत्तो  पनिहुँदोरहेनछ ।  रातभर  शारीरिक  पीडायुक्त  काम गरेर  बिहान घर  आउँदा  आफ्नो ओछ्यानमा  सुतिरहेको  साथी कहिले  उठेर जाला  अनि आफू  सुतौंला  भनीकुर्नुपर्दा  पाएको सकस  बिर्सिन  सकिन्न।  अझ  विडम्बनापूर्ण  त के भने  यस्तोसंघर्षपूर्ण  काम गरेर  पनि खर्च  जुटाउन  गाह्रो  पर्छ। कलेजको  समयमा  प्रतिसाता  २० घन्टा  काम गर्नु  कानुनसम्मत  भए  पनिअवैधानिकरूपमा  ३०/४० घन्टा  काम  गर्नुपर्ने  बाध्यता  धेरैमा छ।   विशेष  गरेरठूला  सहरमा बसेर  अध्ययन  गर्ने  विद्यार्थीका  लागि चर्को  महँगी  थेग्न  थपकाम  गर्नुपर्ने  हुन्छ।   ठूला सहरमा  धेरै जसोले  पेट्रोल  पम्पमा काम  गर्छन्। ठूला सहरमा  कामको अवसर  बढी हुने  हुनाले  धेरैजसो  कलेज  परिवर्तन  गरेरसस्तो  हुने २  वर्षे कलेज  जान्छन्।   न्यूनस्तरका  त्यस्ता  कलेजमावर्षौंसम्म  झेलिन्छन्  प्रायः  नेपाली  विद्यार्थी। भाग्यमानीहरूको  खर्च र  आम्दानी  उस्तै-उस्तै  हुन्छ, तर  जसको  खर्चआम्दानीले  भ्याउँदैन,  वैकल्पिक  उपाय  अपनाउन  थाल्छन्।   खर्च  पुर्याउन नसक्नेलाई  क्रेडिट  कार्डले  जीवनदान  दिइरहेको छ।  कलेज  शुल्कलगायत  अरूखर्च  व्यहोर्न  नेपाली  विद्यार्थीले  पनि यसको  अत्याधिक  प्रयोग  गर्छन्।   अझयहाँको  जीवनशैलीमा  घुलमिल हुन  गाडी,  कम्प्युटर,  मोबाइल आदि  हुनु जरुरी  छ।  यी सबै  धान्न  धेरैका  लागि  क्रेडिट  कार्ड  प्रयोग  गर्नुको  विकल्प  हुँदैन।  अझ  बिदामा  नेपाल जाने  व्यग्र  चाहना पूरा  गर्न  अतिरिक्त  खर्च  जुटाउनसक्नु  अपवाद  जस्तै हो।   त्यसैले  चर्को  व्याज  सहेरै भए  पनि उनीहरू  क्रेडिटकार्ड  प्रयोग  गर्न विवस  छन्। सबैको  आशा हुन्छ,  डिग्री  सकिएपछि  पढाइ  अनुसारको  गतिलो  जागिर खाने,  यथेस्टपैसा  कमाउने अनि  क्रेडिट  कार्डको ऋण  चुक्ता  गरेर  उच्चस्तरीय  जीवन जिउने। डिग्री  पाएको एक  वर्षभित्रमा  कि पढाइ  अनुसारको  गतिलो  जागिर  पाउनैपर्छ  किफेरि  कलेज भर्ना  हुनुपर्छ।   यी  सर्तमध्ये  एउटा पूरा  नगरे नेपाल  फर्किनुया  गैरकानुनी  रूपमा  अमेरिकामै  बस्नुको  विकल्प  हुँदैन।   हाल  डामाडोलअमेरिकी  अर्थतन्त्रमा  गतिलो  जागिरको  आशा गर्न  पनि  सकिँदैन। सामाजिक  न्यानोपन  एवं  पारिवारिक  वात्सल्यमा  हुर्केका  नेपालीका  लागिरोबटजस्तै  अमेरिकी  जीवनशैली  पचाउन  गाह्रो  पर्छ।   आमाको  चुराको  स्वादचाखेका  अधिकांश  नेपालीहरूको  म्याक डोनाल्सका  बर्गर र १५  सेन्ट्स  पर्नेउमालेका  चाउचाउ र  चिकन एन्ड  राइसजस्ता  सस्तो  खानाले  जिब्रो  लाटिइसकेकोहुन्छ ।  जीवनभर  बाबुआमासँगै  बस्ने  परम्परागत  नेपालीका  लागि १६/१८  वर्षमैपरिवारबाट  छुट्टएिर  बस्ने  अमेरिकी  चलन असहज नै  लाग्छ।   साथीभाइसँग  दिनहुँभेटघाट  गरेर  भलाकुसारी  गर्न  रुचाउने  नेपालीका  लागि सँगै  एउटै घरमा  बसेरपनि  व्यस्तताका  कारण  हप्तौंसम्म  नभेट्दा खल्लो  लाग्छ।  स्वदेशमा  गर्वसाथबाँचिरहेका  नेपालीका  लागि  अमेरिकी  भूमिमा  यदाकदा  रङ्ग एवं  जातीयताका आधारमा  गरिने  भेदभाव पनि  पचाउन  गाह्रो  पर्छ।   तैपनि  सबैमा  सुखद् एवं  सफलभविष्यप्रति  उत्तिकै  आशा जाग्छ,  काँढेपथमा  हिँडेरै भए  पनि  सुगन्धित  फूलकोनगरीमा  पुग्ने  चाहना  हुन्छ।   यद्यपि  यस्तो कठिन  जीवनशैलीले  नेपालीलाईआत्मनिर्भर  बन्न  सिकाएको छ,  जुन  सकारात्मक  पाटो हो ।

(लेखक  अमेरिकाको  लिउस्सियना  स्टेट  युनिभर्सिटीमा  अनुसन्धानरत  छन्। )

August 13, 2006

Google Earth, Star News र नेपाल

Filed under: समसामयीक चर्चा - सन्देश @ 1:12 pm

- सन्देश कडेल

हुन त Google Earth को बारेमा धेरैलाइ थाहा नहोला। धेरै पहिलादेखि नै google Earth ले सुविधा उपलब्ध गराएपनी धेरै मानिसले चाही यस्ले डिजीटल ग्लोबको सुविधा उपलब्ध गराउँछ भन्ने कुरा हालै मिडीयाहरु मार्फत थाहा पाएका छन। केही दिन अघिको प्रतिष्ठित नेपाली साप्ताहीक "नेपाल" ले पनि यस्को बारेमा छापेको थियो। तर अस्ती शुक्रवार Star News ले Breaking News को रुपमा यस्ले प्रस्तुत गर्‍यो। फलस्वरुप गुगल को डिजिटल ग्लोब बहुत चर्चाको साथै विवादास्पद बिषय बन्यो। कारण के थियो भने उक्त साइटमा भारतका सामरिक दृष्टीले महत्वपूर्णमानिने सम्पूर्ण स्थलहरु प्रष्ट रुपमा देखाइएको थियो। त्यसो त धेरैजसो अविकसित र अल्पविकसित देशका सामरिक महत्वका ठाँउहरु प्रष्ट रुपमा देखाइनुको कारण के हो भने यहाँ कुनै किसिमको साइवर कानून छैनन। नेपालमा कसैले यसबारेमा टडकारो रुपमा कुरा उठाएको पनी छैन। यस्मा जुनसुकै ठाँउको पनी अक्षांस देशान्तर सबै प्रष्ट रुपमा देखाइनेहुनाले यो जती उपलब्धीमुलक छ त्यतीकै घातक पनि छ। आतंकवादीहरुले यस्लाइ प्रयोग गर्न सक्ने संभावना पनी उत्तिकै छ। तपाइ पनी चाहनुहुन्छ भने आफ्नो घर आफै हेर्न सक्नुहुन्छ । आफ्नो घर पृथ्वीको कति देशान्तर कती अक्षांसमा तपाइको घर छ पत्ता लगाउन सक्नुहुन्छ। यत्ती हो तपाइको कम्प्यूटर इन्टरनेटमा जडान गरेको हुनु पर्छ। यो इन्स्टल गर्नको लागी http://earth.google.com/download-earth.html मा गएर डाउनलोड गर्न सक्नुहुन्छ र तपाइको कम्प्यूटर कम्तीमा पनी Pentium III हुनु पर्छ। यहाँ मैले केहि Google Earth बाट Direct सेभ गरेको फोटाहरु जस्ताको तस्तै राखेको छु।
काठमाडौंमा राजदरबार
dinesh

काठमाडौंको सिंहदरबार

सिंहदरबार काठमाडौ

त्रिभुवन विमानस्थल काठमाडौं
त्रिभुवन विमानस्थल काठमाडौं






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft