HAMRODESH.COM “HamroDesh, HamroPran” :: सूचना प्रविधि

HAMRODESH.COM “HamroDesh, HamroPran”

October 16, 2006

अब इन्टरनेटबाट टेलिभिजन

Filed under: सूचना प्रविधि - सँकल्प @ 1:57 pm

विश्व प्रसिद्ध सफ्टवेयर उत्पादक ‘माइक्रोसफ्ट’ ले दशक लामो प्रयासपछि यही वर्षभित्र इन्टरनेटमार्फत टेलिभिजन च्यानललाई बगाउने तयारी गरेको छ। ‘हाई स्पिड इन्टरनेट नेटवर्क’ का माध्यमबाट यो योजनालाई मूर्तरूप दिने अन्तिम तयारी भएको उक्त कम्पनीले जनाएको छ। ‘इन्टरनेट प्रोटोकल टीभी’ नामकरण गरिने यो प्रविधि सफल भए यससँग जोडिएका थुप्रै टेलिफोन कम्पनीका निम्ति भाग्यको भण्डारसमेत खुल्ने छ। जसले घर-घरमा टेलिभिजन च्यानलहरू बगाउँदै आएको केबुल नेटवर्कलाई ठाडो चुनौती दिनेछ। यतिबेला ‘यु ट्युब’ मार्फत बग्दै आएको भिडियो क्लिपहरू अपलोड गरेर टीभीको आनन्द लिने काम भइरहेको छ। तर यो प्रविधि सफल भएपछि भने फोन कम्पनीमार्फत वेबको मुख्य राजमार्गबाटै बगाइने टेलिभिजन ठीक त्यसैगरी हेर्न पाइनेछ, जसरी अहिले केबुल टीभी वा स्याटेलाइट टीभीमार्फत हामीले टेलिभिजन च्यानलहरू उपभोग गर्दै आइरहेका छौं। अहिलेको युगमा इन्टरनेट नजोडिएको कम्प्युटरको हालत जस्तो हुन्छ ठीक त्यस्तै हालत आफ्नो योजना लागू भएपछि ‘इन्टरनेट प्रोटोकल’ नजोडिएको टेलिभिजन सेटको बनाउने तयारी माइक्रोसफ्टको छ। यतिबेलासम्म माइक्रोसफ्टको यो योजनामा बाह्रवटा अन्तर्राष्ट्रिय टेलिफोन कम्पनीहरूले साझेदारी जनाइसकेका छन्। माइक्रोसफ्टले आफ्नो यो योजनाका साथ यस्ता सफ्टवेयरहरूको समेत विकास गर्न लागेको छ जसबाट घरको टेलिभिजन सेटबाटै इमेल, खरिददारी र ‘इन्स्टेन्ट म्यासेज’ गर्नेजस्ता कामसमेत गर्न सकिने छ। ‘कम्प्युटरको घेराबाट नाघेर यो सेवाले विश्वभरिका टेलिभिजन सेटहरूमा समेत प्रवेश गर्‍यो भने, ‘माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ बालमर भन्छन्- ‘तपाई अन्दाज गर्न सक्नुहुन्न यसको दायरा कति फराकिलो हुनेछ।’ यस किसिमको सेवा माइक्रोसफ्टले पहिले नै टेलिभिजन सेटहरूमा बगाउन खोजे पनि त्यो प्रभावकारी नभएको अवस्थामा ‘इन्टरनेट प्रोटोकल’ ले त्यसलाई साकार पार्ने विश्वास उक्त कम्पनीको छ। औद्योगिक अनुसन्धान कम्पनी ‘गार्टनर’ ले यो सेवा सुरु भएपछि सन् २०१० भित्रमै इन्टरनेट प्रोटोकलको पाँच करोड उपभोक्ता हुने र त्यसबाट १३ खर्ब अमेरिकी डलर आम्दानी हुने भविष्यवाणीसमेत अहिले नै गरिसकेको छ।

साभार: कान्तिपुर

September 19, 2006

याहु ८ को डाउनलोड गर्ने सजिलो विधि

Filed under: सूचना प्रविधि - सँकल्प @ 1:30 pm

–> सँकल्प पोख्रेल

याहुले हाल आएर उसको सफ्टवेयर अपग्रेड गरेको छ। याहु ८ नाम दिएको यस सफ्टवेयर आफ्नो कम्प्युटरमा इन्स्टल गर्न सिधै उसको सर्भरबाट इन्टल गर्न पर्ने वाध्यात्मक नीति प्रयोग गर्दै आएको छ।

हाम्रो जस्तो मुलुकमा त्यो विधी प्रयोग गर्न निकै कठीन हुन्छ। हाल मात्र नेपालमा केवलनेट वा ताररहित नेट चलाउन प्रचलन बढेर गए पनि धेरै प्रयोगकर्तासम्म यसको पहुँच पुगेको छैन। केबलनेट वा ताररहित प्रयोग कर्ताकोलागि सजिलो भए पनि डायलअप प्रयोगकर्तालाइ त्यति सजिलो भने हुँदैन। तसर्थ यसको सजिलो उपाय पत्ता लगाएकोले यहाँहरूलाई जानकारी दिन पाउँदा म हर्षित छु।

यदि तपाईको कम्प्युटरमा कुनै डाउनलोड गर्ने सफ्टवेयर छ भने यो यहाँ थिच्नुहोस् र त्यसले सिधै पुरै सेटअप फाइल डाउनलोड गर्नेछ र पछि सेटअप गर्न सक्नुहुनेछ। त्यस्तो कुनै सफ्टवेयर छैन भने फाइल सेभ एज टार्गेट गर्नुहोस्। यो फाइल पुरै डाउनलोड भए पछि अनलाइन इन्टलेसन गर्न जरूरी छैन।

मैले पनि डाउनलोड गर्दैछु । यसको फिचरको बारेमा पछि चर्चा गर्ने छु।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft