HAMRODESH.COM “HamroDesh, HamroPran” :: लघुकथा

HAMRODESH.COM “HamroDesh, HamroPran”

July 13, 2006

ट्राफिक लाइट

Filed under: लघुकथा - सँकल्प @ 4:25 pm

:- शन्देश कँडेलम

कलेज जान हतारिदै थिएँ। ढिलो भइसकेको थियो। काठमाडौंका जाममा बसभित्रै म अस्पटिएको थिएँ। त्यहि बसमा मेरा पुज्य गुरु ज्यू पनी हुनुँहुदो रहेछ। मलाइ डर लागेको थियो कतै मेरो कक्षा छुटने त होइन? तर गुरु ज्यू नै त्यही भएपछी के के डर ढुक्क भएँ। बस स्टपमा रोकीयो। म संगै एक हुल ओर्लीयो। म सरासर कलेज तिर हानीएँ। बाटोमा अझै एक दुइ ट्राफिक लाइट पार गर्नु थियो। बाटो काटनै लाग्दा रातो बत्ती बल्यो। एक मन ले सोचें रातो बत्तीमा नै बाटो काटुँ। तर फेरी सम्झे म जस्तो बुझ्झकी मान्छेले त यस्तो गर्नु हुदैन। मैले त अरुलाइ पनि सिकाउनु पर्छ। तर त्यही रातो बत्तीमा नै अरु कतीले बाटो काटे अरुलाई मैले वास्ता पनी गरीन। नीलो बत्ती बल्यो म सरासर कक्षा कोठामा गएँ। त्यहाँ पुग्दा सङ्गै बसमा भेटीएका मेरा गुरुले एक पृष्ठ पाठ सकिसक्नु भएको थियो।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft