HAMRODESH.COM “HamroDesh, HamroPran” :: प्रेरणाको विन्दु

HAMRODESH.COM “HamroDesh, HamroPran”

July 17, 2006

महानता

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:36 pm

त्यसबेलाको प्रथा अनुसार अब्राहम लिंकन एउटा घोडागाडीमा सवार गरिरहेका थिए। उनी संग उनको राजनैतीक बिरोधीहरु पनी थिए। दुबै पक्षलाइ एउटै चुनावको मन्चमा भाषण गर्नु थियो। लिंकन चढेको गाडी चाँही उनीको बिरोधीहरुको थियो।
 बाटोमा किसानको एउटा समुह भेट भयो। लिंकनले किसानहरुलाइ सम्बोधन गर्दै भने " म संग त्यतीधेरै पैसा पनी छैन ताकी मैले आफ्नै गाडी राख्‍न सकुँ। तैपनी मेरो साथीहरुले मलाइ उदारतापुर्वक उहाँको गाडीमा बसेर आउनको लागी निमन्त्रणा गरिदिए। यदी तपाइहरुले मलाइ राम्रो मान्छे सम्झनुहुन्छ भने मलाइ भोट दिनुस नत्र मेरो बिरोधीलाइ भोट दिनहोस किनकी उहाँहरु सज्जन हुनुहुन्छ।"

मानवीय स्पर्षको महत्व

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:34 pm

लस एन्जेलस मा बस्ने हावर्ड मेक्सवेल आफ्नी छोरीलाइ बडो माया गर्थे । उनको छोरीको नाम थियो मेलिन्डा। मेलिन्डा मात्रै चार बर्षकी थिइन। मेलिन्डालाइ काखमा राखेर उनका हावर्डले बिभिन्न देश देशावरको कथाहरु र विभिन्न जानकारी दिन्थे । एक दिन हावर्डले "तिन साना सुंगुर" नामको किताब किनेर ल्याए र त्यसलाइ पढेर मेलिन्डालाइ सुनाउन लागे। मेलिन्डा लाइ अती आनन्द आयो र उनले प्रत्येक दिन त्यस्तै कथाहरु सुनाउन बाबु संग जिद्दी गर्न थालिन ।
 हावर्ड ले दिउँसोमा बसेर किताब पढदै त्यसलाइ टेपरेकर्डरमा रेकर्ड गरे। राती जब मेलिन्डा ले कथा सुनाउन बाबुलाइ आग्रह गरीन, हावर्डले त्यही क्यसेट लगाइदिए र भने " ल सुन यही हो कथा"। मेलिन्डा सुन्दै गइ र अन्त्यमा निदाइ ।
 दोस्रो दिन पनि उनले त्यही क्यासेट लगाइदिए । मेलिन्डा केही पनी बोलिन । तेस्रो दिन पनी जब हावर्डले भने " तिमी आफैं क्यासेट लगाएर किन सुन्दिनौ ?"
 मेलिन्डाले उत्तर दिइन " बुवा, सुन्न त सक्छु नी। तर त्यो क्यसेटले हजुरको काखमा बसाउन त सक्दैन नी ! "

भातृभाव

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:34 pm

उन्नाइसौ शताब्दीको शुरुमा एउटा युद्दको कारण रुसको एउटा इलाकमा भोकमरी लाग्यो। विश्व विभूती महान लियो टल्सटाए त्यहाँ गए। सडकमा उनको जम्काभेट एउटा भिखारी संग भयो।
 टल्सटायले आफ्ना कपडाको सबै खल्तीहरु छामछुम गरे। कुनै खल्तीमा पनी केही फेला पार्न  सकेनन। किनकी भएभरको सबै अरुलाइ नै बाँडेर सकिसकेका थिए। उनले सोच्न लागे अब के गर्ने होला भनी । उनले त्यस भिखारीलाइ अंगालो मारे, गालामा म्वाँइ खाए अनी भन्न लागे " मेरो भाइ, तिमीलाइ दिनको लागी मसंग फुटेको कौडी पनी रहेनछ। म संग नरिसाउ है"
 भिखारीको चाम्टीएको अनुहार खुशिले चम्कियो। उस्को आँखाबाट आँशु बर्र झरे। र मन भरीएको आवाजमा उस्ले भन्यो "तर हजुरले मलाइ आफ्नो भाइ मान्नु भयो, यहाँ भन्दा ठुलो दान के हुन सक्ला र !"






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft