HAMRODESH.COM “HamroDesh, HamroPran” :: विविध साहित्य

HAMRODESH.COM “HamroDesh, HamroPran”

July 27, 2006

दिन्छ्यौ भने साथ देउ

Filed under: गीत/ कविता - सन्देश @ 2:44 pm

गीत: दिनेश खरेल

दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ
सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ
छोडी जान्छु किन किन सम्झना आउँदैन मेरो ?
ऋतु जस्तो बारम्बार आँउदैन जीवन
एकवारको चोला हो साथ देउन मेरो
दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ
सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ

दुख सुख साथमा रही संगै रमाउँला
तितामिठा कुरा गर्दै संगै बिताउँला
यो जुनीको जिवनमा संगै रहुँला
सगरमाथा चुमी चुमी माया साटौंला
दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ
छोडी जान्छु किन किन सम्झना आउँदैन मेरो ?
ऋतु जस्तो बारम्बार आँउदैन जीवन
एकवारको चोला हो साथ देउन मेरो

दिनेश खरेल
हाल: नेदरल्याण्ड
email:wami7dinesh@yahoo.com

July 24, 2006

क्रान्ति

Filed under: गीत/ कविता - सँकल्प @ 12:30 pm

सुवना शर्मा

पहिला त त्यसलाई हामी सपनानै मान्छौ
तर पछि त्यो विपनानै हुन्छ
एक्कासी त्यो देशभरि छाउछ
आउछ क्रान्ति अवश्य आउछ

पहिला पनि आउँछ भनेकै थिए
तर त्यो आशामै हरायो
अव त अवश्य आउछ
देशमा क्रान्ति अवश्य आउछ

आमा हुँ मुख खोलेर भन्न सक्छु म
दुष्टहरूलाई खतम पार्न
शक्ति म उनिहरूलाइ दिन्छु
आउछ देशमा क्रान्ति अवश्य आउछ

त्यो क्रान्तिलाई हामी स्पष्ट देख्‌न सक्छौ
जताततै त्यसको आवाज सुन्न सक्छौ
दुष्टहरूको शासन खत्तम अब हुन्छ
देशमा क्रान्ति अब आउछ
देशमा क्रान्ति अब छाउछ

जीन्दगी

Filed under: गीत/ कविता - सँकल्प @ 11:13 am

सुवना शर्मा

यो जीन्दगी खै के जीन्दगी
भित्र खोक्रै–खोक्रो भएको जीन्दगी
बाहिर हेर्दा चटक्क परेको जीन्दगी

आखाँ चिम्लदा अन्धकार यो जीन्दगी
बाहिर हेर्दा सुन्दर यो जीन्दगी
आफैसँग डराएको जीन्दगी
यो जीन्दगी खै के जीन्दगी

अरूलाई छक्क पार्ने यो जीन्दगी
आफूलाई भने रूवाउने यो जीन्दगी
यो जीन्दगी खै के जीन्दगी
मरेर पनि बाँचेको यो जीन्दगी

आँखा खोल्न पनि डराउछ यो जीन्दगी
चिम्लदा पनि डराउछ यो जीन्दगी
भित्रै–भित्र समस्याले खाएको जीन्दगी
यो जीन्दगी खै के जीन्दगी
मरेर पनि बाँचेको यो जीन्दगी

July 18, 2006

केहि मुक्तक :- सन्देश कँडेल

Filed under: मुक्तक - सन्देश @ 12:54 pm

               १
तिमीलाइ बाहुबीच राखी कसीलो आलिङ्गनमा
झुमझुम भए म त रागीलो अनी रसीलो चुम्बनमा
तापमान चढ्दो भयो भेल बग्यो नशा नशामा
रंगीयो सशरीर सबै, चाप बढ्यो स्पन्दनमा
              २
उर्लदो भयो शरीरको गती थाम्नु कसरी
फुट्यो बाँध धैर्यको फेरी बाँध्नु कसरी
मत्ता हात्तीसरी मात फेरी मात्तीएर आयो
विस्फोट हुने तत्वलाइ साँच्नु कसरी ?

           ३
एकबार हेर ती आँखा यता जुधाइ
भन्दैछन केही मेरा नयन तिमीलाइ
आउ बाहुपासमा मेरो म गर्छु आलिङ्गन
प्रेमपाश नै हो सबैभन्दा मिठो बन्धन
             ४
केही थोपा जिन्दगानी, कती पिउँ कती साँचु
अप्ठ्याराहरु रैछन धेरै, कहिलेसम्म कती बाँचु
आजे पुरै बाँचे फेरी भोली विहानै मर्छु कि त
पीडाहरुको एम्बुसमा छु हजुर म कसरी हाँसु ?

               ५
दुख लाग्यो जिन्दगी अब दास हुदैछ
र पनि त जिन्दगी अब कसैको खास हुदैछ
संसार अचम्म छ आफू देख्दा आफै दङग
दिल चर्कने मौसममा पनी उस्को मेरो समास हुदैछ ।

July 17, 2006

महानता

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:36 pm

त्यसबेलाको प्रथा अनुसार अब्राहम लिंकन एउटा घोडागाडीमा सवार गरिरहेका थिए। उनी संग उनको राजनैतीक बिरोधीहरु पनी थिए। दुबै पक्षलाइ एउटै चुनावको मन्चमा भाषण गर्नु थियो। लिंकन चढेको गाडी चाँही उनीको बिरोधीहरुको थियो।
 बाटोमा किसानको एउटा समुह भेट भयो। लिंकनले किसानहरुलाइ सम्बोधन गर्दै भने " म संग त्यतीधेरै पैसा पनी छैन ताकी मैले आफ्नै गाडी राख्‍न सकुँ। तैपनी मेरो साथीहरुले मलाइ उदारतापुर्वक उहाँको गाडीमा बसेर आउनको लागी निमन्त्रणा गरिदिए। यदी तपाइहरुले मलाइ राम्रो मान्छे सम्झनुहुन्छ भने मलाइ भोट दिनुस नत्र मेरो बिरोधीलाइ भोट दिनहोस किनकी उहाँहरु सज्जन हुनुहुन्छ।"

मानवीय स्पर्षको महत्व

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:34 pm

लस एन्जेलस मा बस्ने हावर्ड मेक्सवेल आफ्नी छोरीलाइ बडो माया गर्थे । उनको छोरीको नाम थियो मेलिन्डा। मेलिन्डा मात्रै चार बर्षकी थिइन। मेलिन्डालाइ काखमा राखेर उनका हावर्डले बिभिन्न देश देशावरको कथाहरु र विभिन्न जानकारी दिन्थे । एक दिन हावर्डले "तिन साना सुंगुर" नामको किताब किनेर ल्याए र त्यसलाइ पढेर मेलिन्डालाइ सुनाउन लागे। मेलिन्डा लाइ अती आनन्द आयो र उनले प्रत्येक दिन त्यस्तै कथाहरु सुनाउन बाबु संग जिद्दी गर्न थालिन ।
 हावर्ड ले दिउँसोमा बसेर किताब पढदै त्यसलाइ टेपरेकर्डरमा रेकर्ड गरे। राती जब मेलिन्डा ले कथा सुनाउन बाबुलाइ आग्रह गरीन, हावर्डले त्यही क्यसेट लगाइदिए र भने " ल सुन यही हो कथा"। मेलिन्डा सुन्दै गइ र अन्त्यमा निदाइ ।
 दोस्रो दिन पनि उनले त्यही क्यासेट लगाइदिए । मेलिन्डा केही पनी बोलिन । तेस्रो दिन पनी जब हावर्डले भने " तिमी आफैं क्यासेट लगाएर किन सुन्दिनौ ?"
 मेलिन्डाले उत्तर दिइन " बुवा, सुन्न त सक्छु नी। तर त्यो क्यसेटले हजुरको काखमा बसाउन त सक्दैन नी ! "

भातृभाव

Filed under: प्रेरणाको विन्दु - सन्देश @ 1:34 pm

उन्नाइसौ शताब्दीको शुरुमा एउटा युद्दको कारण रुसको एउटा इलाकमा भोकमरी लाग्यो। विश्व विभूती महान लियो टल्सटाए त्यहाँ गए। सडकमा उनको जम्काभेट एउटा भिखारी संग भयो।
 टल्सटायले आफ्ना कपडाको सबै खल्तीहरु छामछुम गरे। कुनै खल्तीमा पनी केही फेला पार्न  सकेनन। किनकी भएभरको सबै अरुलाइ नै बाँडेर सकिसकेका थिए। उनले सोच्न लागे अब के गर्ने होला भनी । उनले त्यस भिखारीलाइ अंगालो मारे, गालामा म्वाँइ खाए अनी भन्न लागे " मेरो भाइ, तिमीलाइ दिनको लागी मसंग फुटेको कौडी पनी रहेनछ। म संग नरिसाउ है"
 भिखारीको चाम्टीएको अनुहार खुशिले चम्कियो। उस्को आँखाबाट आँशु बर्र झरे। र मन भरीएको आवाजमा उस्ले भन्यो "तर हजुरले मलाइ आफ्नो भाइ मान्नु भयो, यहाँ भन्दा ठुलो दान के हुन सक्ला र !"






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft