HAMRODESH.COM “HamroDesh, HamroPran” :: “कण्डम” - फुकेरै प्रथम ! : : October : : 2006

HAMRODESH.COM “HamroDesh, HamroPran”

October 15, 2006

“कण्डम” - फुकेरै प्रथम !

Filed under: समसामयीक चर्चा - सँकल्प @ 3:59 pm

केहि दिन अगाडि एउटा टेलिभिजन च्यानलले "कण्डम"को सहि प्रयोग हुन नस्कदा बालबालिकाको मनोरञ्जनको समाग्री बन्यो भन्दै कराएको सुनेको/देखेको थिए। त्यो घटना थियो रेडक्रसले बाढीपीडितहरूलाई राहत सामाग्री बाढ्दा खेरीको। त्यो दिन चेतनाको अभाव हो भन्ने लागेको थियो। आज फेरी अर्को सामाग्री गोरखापत्रमा पढ्न पाएँ। लेखिएको रहेछ "कण्डम खेलमा ढालबहादुर प्रथम"।

दोलखाको चरिकोटमा असोज २८ गते भएको जनचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत उक्त खेल खेलाइएको रहेछ। अब अचम्म के भने बालबालिकाले त थाहा नपाए त्यसो गरे भने यहाँ रेडक्रसले नै त्यस्तो गर्न लगाएको रहेछ अब यसलाइ के भन्ने?

जनचेतना जगाउन त जसको जे प्रयोग हो त्यो प्रति लक्षित हुनु पर्ने ठाउँमा यसरी फुलाउन लगाएर जनचेतना कत्तिको फैलिन्छ कुन्नि! गलत अर्थ नलगाइयोस्। शैक्षिक उपाय अपनाइयोस् मात्र भन्न खोजेको।

गोरखापत्रको समाचार यस्तो छ।

कन्डम खेलमा ढालबहादुर प्रथम: दोलखा समाचारदाता

चरिकोट, असोज २८ गते। कन्डम सुरक्षित, भरपर्दो र बलियो हुन्छ भन्ने जनचेतना अभिवृद्धि गराउन नेपाल रेडक्रस सोसाइटी उपशाखा चरिकोटले आयोजना गरको ‘कन्डम खेल’ मा ढालबहादुर थामीले प्रथम स्थान हासिल गरे। एक मिनेटको अवधिमा नफुटाइकन कन्डम सबभन्दा ठूलो फुलाएर देखाइदिने ढालबहादु धामीभए भने आङ्निमा शेर्पा द्वितीय र पुरूषोत्तम न्यौपाने तृतीय भए।

१२औं राष्ट्रिय कन्डम दिवसको अवसरमा खेलिएको खेलमा नौ जनाले भाग लिएका थिए। विजयी प्रथम,द्वितीय र तृतीयलाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले क्रमश: तीन सय, दुई सय र एकसर रूपियाँ नगद वितरण गर्नु भयो।

जनमानसमा लुकेर रहेको शङ्कालु भावना हटाई कन्डमको प्रयोग गर्न लगाउन एक हप्ताव्यापी कार्यक्रमको आज अन्तिम दिन दोहोरो सुरक्षाका लागि कन्डम प्रयोग गरौं भन्ने नारासहित सदरमुकाम चरिकोमा एक र्‌यालि गरिएको आयोजकले बताए।

1 Comment »

  1. Uff……saathi ko kura ta ekdam achamma ko chha ta. Jasko je prayog hunchha tesari nai prayog garna lai ta yeha alik samasya bhayena ra tyo pani condom ko case ma?
    Esto game ta mero bicharma saadharan janamanshma bhayeko Condom sanga ko distance kam garna matra ho. Tesko laagi prayog nai garera dekhaunu parchha bhanne chaina hola. Ani arko kura tyo saathi le bhanna khoje ko Educational way bhaneko chahi kasto ho, haami pani jaanau na.

    Comment by Manoz — October 15, 2006 @ 4:28 pm

Leave a comment



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft