एकै व्यक्तिले कति पटक भोट दिन पाइन्छ?
- सँकल्प पोख्रेल
एकै व्यक्तिले कति पटक भोट दिन पाइन्छ?
यसको सहि जवाफ हो "जति पटक पनि"। तपाई सहमत हुनु भएन क्यारे। हो यहाँ यस्तै भोटिङ्ग हुन्छ। अचेल यस्तै संस्कृतिको जन्म भएको छ। विगत केहि वर्षदेखि मानौ यसको बाढीनै आएकोछ। फेरी भन्नुहोला चुनाव नै भएको छैन केको भोटको कुरा गर्छ यो?
मैले संविधानसभा वा अन्य कुनै प्रतिनिधी चुन्ने चुनावको कुरा गरेको होइन। मैले गरेको चुनावको कुरा हो "अवार्ड"को चुनाव। जस्तै अमेरिकाबाट सुरू भएको "अमेरीकन आइडल" देखि भारतीय बजारमा भित्रिएको "इन्डीयन आइडल" हुँदै नेपालमा सुरू भयो "नेपाली तारा" अनि अनेक अनेक। एफ एम हरूमा पनि आफ्नै खालका एफ एम अबार्ड र यस्ता प्रतियोगिताहरू अचेल फेशन भैसकेको छ।
गीतहरू छनौटमा पर्छ त्यो त्यहाँको कुनै चरणपार गरेर पर्छ होला। तर सुन्नमा आउछ त्यसमा पनि निश्पक्ष हुँदैन रे। यो आरोपहरू हो उनै अवार्ड पाएर पनि लिन नजाने कोहि र नपाएको झोंकमा पनि कराइहाल्नेहरूको।
अब कुरा गरौं मुल कुरा को। भोट दिने रे! भोट भनेको एक व्यक्ति एक भोट हुन पर्ने होइन र? मेरो मान्यता यहिहो। तर यहाँ त भोट जतिसक्छौ देउ अनि मलाइ जिताउ भन्ने नारा भै सकेको छ। एक पटक सोच्नुहोस् त अब हुने संविधानसभामा पनि यसै भयो भने कस्ले जित्ला?
म त यसलाइ विकृतिकोरूपमा हेरेको छु। यसले श्रष्टामाथि धात हुँदैन भन्न सकिँदैन। कसैको पहुँच इन्टरनेट वा अन्य माध्यममा नहुँन सक्छ जो राम्रो श्रष्टाहो। अचेल वेवसाइट मार्फत भोटिङ्ग भै राखेको छ। उदारहणको लागि "कालिका एफ एम म्यूजिक अवार्ड" हेर्नु होला। यहाँ जति पटक पनि भोट दिन पाइन्छ।
यसमा छनौट भएकाहरू एफ एम ले छपाएको कार्ड किन्दै एकै व्यक्तिलाइ कार्ड भरिदिनुहोस् है भन्दै र साइबरवालाहरूलाइ विन्ति गर्दै बारम्बार भोट दिन आग्रह गर्दै हिडेको प्रष्ट देख्न पाइन्छ। के यसो गरेर कुनै वाइयात गीत वा शब्दले अवार्ड पायोभने कस्को खिल्लि उडाउने हो सोचनीय छ।
त्यसैले यस्ता विकृतिलाइ आजैबाट हटाउन जरूरी छ।
just to say hello to you.
Comment by Rolly — September 27, 2006 @ 2:15 pm
:) yey
Comment by Malmolisa — September 29, 2006 @ 1:49 pm
Hello from the United States!!
Omni
Comment by Omni — October 4, 2006 @ 4:22 pm
Sankalpa Ji, kehi lekhnu paryo bhanya..
Comment by Ajaya — October 10, 2006 @ 6:33 am