मल्लिक आयोगले ठहर्याएका दोषीहरु को-को हुन् - १
साभार:जनआन्दोलन.कम मल्लिक आयोगको ठहर र दोषीहरूः -मोरङ्ग जिल्लाका तत्कालीन प्रजिअ रामानन्द मिश्रको वयान) २. "जनआन्दोलन दवाउन गृह मन्त्रालय समेतबाट लिखित आदेश एवं निर्देशन प्राप्त भएको थियो ।" -सुनसरी जिल्लाका प्रजिअ विन्देश्वरप्रसाद सिंहको वयान) ३. "जनआन्दोलनको बेला श्री ५ को सरकारबाट नै नारा, जुलुस, पर्चा पम्प्लेट हुन नदिनु भन्ने निर्देशन थियो सोही बमोजिम कार्य गरिएको हो ।" -प्रहरी चौकी दुहवीका तत्कालीन प्रसनि देवीप्रसाद पोखरेलको वयान) ४. "जनआन्दोलन दवाउनको लागि प्रधानमन्त्रीद्वारा गृहमन्त्रीलाई आदेश दिएको र गृह मन्त्रालयद्वारा आफ्ना मातहतका विभिन्न विभागहरू, जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिई आन्दोलन दवाउनभनिएको थियो ।" -प्रहरी चौकी यदुकुहाका इञ्चार्ज जन्मेजय साहको वयान) ५. "जनआन्दोलन सफल हुन नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट आवश्यक परे बल समेत प्रयोग, गर्न आदेश एवं निर्देशन समेत दिएको थियो, यस्ता आदेशहरू लिखित रुपमा समेत पटक पटक आएका थिए साथै प्रतिकार समिति गठन गर्ने आदेश प्राप्त भएको थियो ।" -धनुषा जिल्लाका तत्कालीन प्रजिअ खेमराज रेग्मीको बयान) ६. "आन्दोलन हुन गर्न नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट पटक पटक आदेश प्राप्त हुन्थ्यो ।" -मकवानपुर जिल्लाका तत्कालीन प्रजिअ गणेशप्रसाद भट्टर्राईको वयान) -चितवन जिल्लाका तत्कालीन प्रजिअ विमलप्रसाद कोइरालाको वयान) -तत्कालीन नारायणी अञ्चलाधीश टेकबहादुर थापाको बयान) ९. "तत्कालीन गृहराज्यमन्त्रीले आन्दोलन दवाउन गोप्य मन्त्रणा दिइरहन्थे ।" -रुपन्देही जिल्लाका तत्कालीन कामुप्रजिअ आत्माराम पाण्डेको बयान) -तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयका सहायक अञ्चलाधीश केदारमान अमात्यको बयान) ११. "आन्दोलन दबाउन गृहमन्त्रालयबाट समेत समय समयमा आदेश एवं निर्देशन भएको थियो" । -पाल्पा जिल्लाका तत्कालीन प्र.जि.अ. बलराम कापरको बयान) -पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन का.वा.प्र.ना.म.नि. द्वारिकाबहादुर श्रेष्ठको बयान) १३. "जनआन्दोलनकारीहरूलाई समयमा नै पक्राउ गर्ने, विरोध पर््रदर्शनहरू हुन नदिने जस्ता निर्देशनहरू गृहमन्त्रालयबाट प्राप्त भएकोले सोही बमोजिमको कार्यहरू गरिएको हो" । १४. तत्कालीन श्री ५ को सरकारको नीति, निर्देशन, तत्काल विद्यमान व्यवस्थाविरोधी गतिविधि परस्त सभा, जुलुस, नाराबाजी आदि रोक लगाउने समुच्चा खालको निर्देशन थियो, यस्ता आदेशहरू गृहमन्त्रालयबाट प्राप्त हुने गर्दथे" । -तनहूू जिल्लाका तत्कालीन प्र.जि.अ. ऋषिराम लामिछानेको बयान) १५. "आन्दोलन दबाउन माथिल्ला निकायहरूबाट समय समयमा विभिन्न निर्देशनहरू प्राप्त हुने गर्दथ्यो" । -भक्तपुर जिल्लाका तत्कालीन प्र.जि.अ. सुवर्णलाल श्रेष्ठको बयान) क्रमश:………………