अमेरिकामा गरिब नेपाली विद्यार्थी
-: प्रदिप खनाल
एक मित्र गाउँथे- ‘अरूको भरमा बाँच्नुपर्छ गाडी नहुनेले…। ‘साँच्चै,आफ्नो सवारी साधन नहुनेहरू यहाँ बाँच्ने अरूकै साहरामा हो। दिनहुँ १६/१७ घन्टा खटिँदा पनि उनीहरू नुन किन्नसमेत अर्काको भरपर्नुपर्छ। चार वर्षअघि अमेरिका छिर्दा महँगो शिक्षण र क्रेडिटकार्डको अथाह ऋण सायदै कल्पेको थिएँ। यहाँको कठिन जीवनशैलीसँग पौंठेजोरीगर्दागर्दै ‘अमेरिकन डिग्री’ हात पारियो। २००३ डिसेम्बरको छुट्टीमानेपाल पुग्दा अर्का एक मित्रले भनेको झल्झली सम्झन्छु। ‘धार्मिकदृष्टिकोणले भारतका गंगोत्री, यमुनोत्री, बद्रीनाथ र केदारनाथ चार धामभएझैं नेपाली विद्यार्थीका लागि बेलायत, अस्टे्रलिया, जापान र अमेरिकाचार धाम हुन्। ‘ यसले मन केहीहलुङ्गो हुन्छ। सम्पन्न व्यक्तिलाई अवसरको क्षितिज फराकिलो भए पनि मध्यम एवं निम्नवर्गीय परिवारका विद्यार्थीसँग निकै कम कल्प हुन्छन्। नेपालबाटआउनेमध्ये धेरैजसोको रोजाइ चिकित्सा, इन्जिनियरिङ पढ्ने हुन्छ। पछिल्लो समय नेपाली विद्यार्थीको आकर्षण अमेरिकातर्फ मोडिएको पाइन्छ। तिनका लागि अमेरिका सर्वाधिक रुचाइएको शैक्षिक तीर्थस्थल भन्दा फरकपर्दैन। राजनीतिक, आर्थिक र सामाजिकमात्र होइन, स्तरीय एवं आधुनिकशिक्षाका दृष्टिले पनि यो मुलुकले सबैको ध्यान खिच्न सफल भएको छ। नेपालमा प्रमाणपत्र तह सकेलगत्तै मेरो आकर्षण पनि अमेरिकाप्रति बढ्यो। संसारभर मान्य हुने ‘अमेरिकन डिग्री’ हासिल गर्ने रहर जाग्यो। स्वदेशमाद्वन्द्व र नैरश्यले गर्दा मन ‘अवसरहरूको देश’ तर्फ कुत्कुति रह्यो। अमेरिकामा कमाइने ‘डलर’ र त्यहाँको उच्च जीवनशैली सुनेर पनि हुनसक्छ,त्यहाँ जाँदैमा आर्थिकस्तर र सामाजिक प्रतिष्ठा उकासिने बनावटी विश्वासलेपनि हुनसक्छ, मन बहकिँदै गयो। अतः केही गरुँ अनि केही बनुँ भन्नेउद्देश्य बोकेर सन् २००१ मा अमेरिका टेक्न पुगेँ। लाग्छ, धेरैजसो यिनैचाहना र कारणले पढ्न भनेर अमेरिका पुग्छन् । मेरो कल्पनाको अमेरिकामा गगनचुम्बी भवन, फराकिला तर सुग्घर सडक, छरितागाडी थिए। तर, आर्कान्स राज्यस्थित आफ्नो कलेज आइपुग्दा भने मैलेकल्पेका कुनै चिज भेटिँन। ११ हजार जनसंख्या रहेको सानो सहर, आकर्षणकोनाममा केबल त्यही कलेज थियो। वास्तवमा भन्दा त्यो अमेरिकन गाउँ थियो । जेजस्तो भए पनिस्तरीय शिक्षा पाउने भएकाले अमेरिकन गाउँको बसाइ त्यति नरमाइलो नहुनेमाढुक्क थिएँ । महँगो शिक्षा सामान्य नेपालीको पहुँचभित्र नहुने भएकाले प्रायः नेपालीविद्यार्थीले अमेरिकामा आफै संघर्ष गर्नुपर्छ । कलेज शुल्क, घरभाडा,बिजुली, टेलिफोन, इन्टरनेट आदिजस्ता नियमित खर्च, महँगा पुस्तक र पेटखर्च आफैंले जुटाउनुपर्छ । नियमित कक्षामा उपस्थित हुनु र परीक्षाका लागितयार रहनुका साथसाथै अतिरिक्त काम गरेर खर्च उठाउनु कम कठिन छैन। प्रायःस्नातकोत्तरको अध्ययनका लागि कलेजबाटै उत्कृष्ट विद्यार्थीलाई खर्चदिइन्छ, तर स्नातक गर्दा भने कमैले यस्तो सहुलियत पाउँछन्। यसर्थ,सम्पूर्ण खर्च आफै व्यहोरेर स्तरीय शिक्षा हासिल गर्न सम्भव भए पनि त्योफलामे च्युराझैं बन्न पुग्छ । अमेरिकी प्रणालीमा विदेशी विद्यार्थीले आफ्नो कानुनी हैसियत जोगाइराख्न ९महिना कलेजमा पढ्नैपर्छ । गर्मीयामको बाँकी तीन महिना भने कक्षा नलिए पनिहुन्छ। त्यही तीन महिने छुट्टी हामीजस्ताको जीउने, पढ्ने आधार हो। यहीअवधिमा सक्दो काम गरेर वर्षभरिको खर्च जुटाउनुपर्छ। प्रायः सबैजसोत्यसबेला कम्तीमा दैनिक १६/१७ घन्टा काममा खट्छन्। म दिनको मुश्किलले३/४ घन्टा सुतेर दिउँसो २ बजेदेखि भोलिपल्ट बिहान ९ बजेसम्म काम गर्थें । एकपटक लगातार २६ घन्टा खटेको मानसपटलमा ताजै छ। एउटा फ्ल्याटमा २२/२३जना बस्नु अनि दिन-रात काम गर्दा महिना, दिन र गतेको पत्तो पनिहुँदोरहेनछ । रातभर शारीरिक पीडायुक्त काम गरेर बिहान घर आउँदा आफ्नो ओछ्यानमा सुतिरहेको साथी कहिले उठेर जाला अनि आफू सुतौंला भनीकुर्नुपर्दा पाएको सकस बिर्सिन सकिन्न। अझ विडम्बनापूर्ण त के भने यस्तोसंघर्षपूर्ण काम गरेर पनि खर्च जुटाउन गाह्रो पर्छ। कलेजको समयमा प्रतिसाता २० घन्टा काम गर्नु कानुनसम्मत भए पनिअवैधानिकरूपमा ३०/४० घन्टा काम गर्नुपर्ने बाध्यता धेरैमा छ। विशेष गरेरठूला सहरमा बसेर अध्ययन गर्ने विद्यार्थीका लागि चर्को महँगी थेग्न थपकाम गर्नुपर्ने हुन्छ। ठूला सहरमा धेरै जसोले पेट्रोल पम्पमा काम गर्छन्। ठूला सहरमा कामको अवसर बढी हुने हुनाले धेरैजसो कलेज परिवर्तन गरेरसस्तो हुने २ वर्षे कलेज जान्छन्। न्यूनस्तरका त्यस्ता कलेजमावर्षौंसम्म झेलिन्छन् प्रायः नेपाली विद्यार्थी। भाग्यमानीहरूको खर्च र आम्दानी उस्तै-उस्तै हुन्छ, तर जसको खर्चआम्दानीले भ्याउँदैन, वैकल्पिक उपाय अपनाउन थाल्छन्। खर्च पुर्याउन नसक्नेलाई क्रेडिट कार्डले जीवनदान दिइरहेको छ। कलेज शुल्कलगायत अरूखर्च व्यहोर्न नेपाली विद्यार्थीले पनि यसको अत्याधिक प्रयोग गर्छन्। अझयहाँको जीवनशैलीमा घुलमिल हुन गाडी, कम्प्युटर, मोबाइल आदि हुनु जरुरी छ। यी सबै धान्न धेरैका लागि क्रेडिट कार्ड प्रयोग गर्नुको विकल्प हुँदैन। अझ बिदामा नेपाल जाने व्यग्र चाहना पूरा गर्न अतिरिक्त खर्च जुटाउनसक्नु अपवाद जस्तै हो। त्यसैले चर्को व्याज सहेरै भए पनि उनीहरू क्रेडिटकार्ड प्रयोग गर्न विवस छन्। सबैको आशा हुन्छ, डिग्री सकिएपछि पढाइ अनुसारको गतिलो जागिर खाने, यथेस्टपैसा कमाउने अनि क्रेडिट कार्डको ऋण चुक्ता गरेर उच्चस्तरीय जीवन जिउने। डिग्री पाएको एक वर्षभित्रमा कि पढाइ अनुसारको गतिलो जागिर पाउनैपर्छ किफेरि कलेज भर्ना हुनुपर्छ। यी सर्तमध्ये एउटा पूरा नगरे नेपाल फर्किनुया गैरकानुनी रूपमा अमेरिकामै बस्नुको विकल्प हुँदैन। हाल डामाडोलअमेरिकी अर्थतन्त्रमा गतिलो जागिरको आशा गर्न पनि सकिँदैन। सामाजिक न्यानोपन एवं पारिवारिक वात्सल्यमा हुर्केका नेपालीका लागिरोबटजस्तै अमेरिकी जीवनशैली पचाउन गाह्रो पर्छ। आमाको चुराको स्वादचाखेका अधिकांश नेपालीहरूको म्याक डोनाल्सका बर्गर र १५ सेन्ट्स पर्नेउमालेका चाउचाउ र चिकन एन्ड राइसजस्ता सस्तो खानाले जिब्रो लाटिइसकेकोहुन्छ । जीवनभर बाबुआमासँगै बस्ने परम्परागत नेपालीका लागि १६/१८ वर्षमैपरिवारबाट छुट्टएिर बस्ने अमेरिकी चलन असहज नै लाग्छ। साथीभाइसँग दिनहुँभेटघाट गरेर भलाकुसारी गर्न रुचाउने नेपालीका लागि सँगै एउटै घरमा बसेरपनि व्यस्तताका कारण हप्तौंसम्म नभेट्दा खल्लो लाग्छ। स्वदेशमा गर्वसाथबाँचिरहेका नेपालीका लागि अमेरिकी भूमिमा यदाकदा रङ्ग एवं जातीयताका आधारमा गरिने भेदभाव पनि पचाउन गाह्रो पर्छ। तैपनि सबैमा सुखद् एवं सफलभविष्यप्रति उत्तिकै आशा जाग्छ, काँढेपथमा हिँडेरै भए पनि सुगन्धित फूलकोनगरीमा पुग्ने चाहना हुन्छ। यद्यपि यस्तो कठिन जीवनशैलीले नेपालीलाईआत्मनिर्भर बन्न सिकाएको छ, जुन सकारात्मक पाटो हो ।
(लेखक अमेरिकाको लिउस्सियना स्टेट युनिभर्सिटीमा अनुसन्धानरत छन्। )
प्रदिप जी। जीवन त जहाँ पनी कठीन नै हुन्छ नी हैन र ? तर हामी नेपालीको बानी के छ भने नेपालमा अलिकती हुने खानेले पनी दिउँसोभरी काम गर्यो भने उस्का छरछिमेकले पनी कती छुचो छ। खान नपुग्नेले झै काम गरेको गर्यै गर्छ भन्छन। नेपालमा बसेर खान पल्केकालाइ हजुरको जस्तो लेखले सद्बुद्धि देओस। हाम्रो पिंढीले नेपालमा नै दु:ख काटन सक्यौं भने, लगनशील भएर काम गर्यौ भने हामी पछीको पिंढीले तपाइले जस्तो अमेरिका जानुपर्ने छैन। त्यसैले हामीले नेपालमा नै केही गर्न पर्छ। दुख गरौं तर यहीं गरौं न। हुन्न र ?
Comment by सन्देश — August 17, 2006 @ 10:46 am
It was nice article to read .i read it in kanitipur some months ago.
And now iam searchning for a nice UNIVERSITY but couldnot find .what to do?IF ANYONE KNOW THE RIGHT WAY MAIL ME AT WIKALP.SHOBRAJ@GMAIL.COM
bikalp
Comment by Bikalpa raj timilsina — September 20, 2006 @ 2:21 pm
This is a very truth-based article; I’d like to appreciate the writer for expressing himself so a lot of to-be international students back in Nepal know what it is like abroad and prepare themselves for the real struggle.
I wouldn’t blame the youth’s desperateness to attain a good degree and look for quality life–after all every human being heads towards superior needs. Misfortune is our country has never fallen under the rule of a political motivation that tries to improve the quality lives of Nepalese people. Otherwise the Nepalese people wouldn’t have to drain their intellegence, honesty, and hard work into some foreign land to get some piece of bread and hatred.
hendrix
Comment by hendrix — October 10, 2006 @ 9:14 pm