Google Earth, Star News र नेपाल
- सन्देश कडेल
हुन त Google Earth को बारेमा धेरैलाइ थाहा नहोला। धेरै पहिलादेखि नै google Earth ले सुविधा उपलब्ध गराएपनी धेरै मानिसले चाही यस्ले डिजीटल ग्लोबको सुविधा उपलब्ध गराउँछ भन्ने कुरा हालै मिडीयाहरु मार्फत थाहा पाएका छन। केही दिन अघिको प्रतिष्ठित नेपाली साप्ताहीक "नेपाल" ले पनि यस्को बारेमा छापेको थियो। तर अस्ती शुक्रवार Star News ले Breaking News को रुपमा यस्ले प्रस्तुत गर्यो। फलस्वरुप गुगल को डिजिटल ग्लोब बहुत चर्चाको साथै विवादास्पद बिषय बन्यो। कारण के थियो भने उक्त साइटमा भारतका सामरिक दृष्टीले महत्वपूर्णमानिने सम्पूर्ण स्थलहरु प्रष्ट रुपमा देखाइएको थियो। त्यसो त धेरैजसो अविकसित र अल्पविकसित देशका सामरिक महत्वका ठाँउहरु प्रष्ट रुपमा देखाइनुको कारण के हो भने यहाँ कुनै किसिमको साइवर कानून छैनन। नेपालमा कसैले यसबारेमा टडकारो रुपमा कुरा उठाएको पनी छैन। यस्मा जुनसुकै ठाँउको पनी अक्षांस देशान्तर सबै प्रष्ट रुपमा देखाइनेहुनाले यो जती उपलब्धीमुलक छ त्यतीकै घातक पनि छ। आतंकवादीहरुले यस्लाइ प्रयोग गर्न सक्ने संभावना पनी उत्तिकै छ। तपाइ पनी चाहनुहुन्छ भने आफ्नो घर आफै हेर्न सक्नुहुन्छ । आफ्नो घर पृथ्वीको कति देशान्तर कती अक्षांसमा तपाइको घर छ पत्ता लगाउन सक्नुहुन्छ। यत्ती हो तपाइको कम्प्यूटर इन्टरनेटमा जडान गरेको हुनु पर्छ। यो इन्स्टल गर्नको लागी http://earth.google.com/download-earth.html मा गएर डाउनलोड गर्न सक्नुहुन्छ र तपाइको कम्प्यूटर कम्तीमा पनी Pentium III हुनु पर्छ। यहाँ मैले केहि Google Earth बाट Direct सेभ गरेको फोटाहरु जस्ताको तस्तै राखेको छु।
काठमाडौंमा राजदरबार
काठमाडौंको सिंहदरबार

त्रिभुवन विमानस्थल काठमाडौं
no
Comment by surya shrestha — August 17, 2006 @ 4:39 pm
I want to use it
Comment by Atul Gurung — September 21, 2006 @ 11:09 am
To more useful.
Comment by Narayan phulara — September 25, 2006 @ 5:52 pm
Its good, but we wish if it is in colour, neet and tidy photos and more than above attached, than it will be come to so attractive and real view.
Comment by keeron — October 1, 2006 @ 6:00 am