छ्या ! पानी , पानी जिन्दगानी
-सन्देश कडेल
बर्खा लाग्यो जतासुकै पानी पानी। भूँइबाट पनी पानी। आकाश बाट पनि पानी। पानीले सताइका मान्छे। कहिले पानी नपाएर सताइएका, कहिले त्यसैले पखालीएर सताइएका मान्छे। कोही पानी नपाएरै मरे। कोही पानी पिएकै कारण मरे। बचाउने त्यही पानी। भए पानी छ जिन्दगानी, नभए पानी छैन जिन्दगानी। धेरै भए पानी फेरी फन्दामा पर्यो जिन्दगानी।
सबैलाइ हतारो छ। स्कुल जाने। अफिस जाने। डेटिङ जाने। तर सबैलाइ सताउँदैछ साउने झरी।" कमसेकम स्कुल जानेबेलामा त नपर्नु नी पानी। हेर त ड्रेस सबै भिजायो। यो रेन कोटले पनि केही छेक्दैन पानी! बेला न कुबेल नचाहिएको पानी किन परेको छ कुन्नी ?" फलाक्दै थिइन छिमेककी ममतामयी माता। मेरो एउटा साथी पनि पानीलाइ सत्तोसराप गर्दै थिए, "बिहानभरि परेन, जब साढे नौ हुन थाल्यो गास टिप्दा टिप्दै पानी दर्कियो, अफिस नआउँ छडके होला आँउके छडके पानी परेको छ, पानीले जाबो छातालाइ के टेर्थ्यो ? निथ्रुक्कै भएँ , यस्ले भन्थ्यो भन्नुहोला बेलुका ठिक्क अफिस छाडने बेलामा पानी पर्छ है।"
म गाँउमा गएँ भने पानी परेको बेला मलाइ बरण्डामा बसेर स्कुल दौडीरहेका बच्चा हेर्न मन लाग्छ। कोही रुझ्दै, कोही छाता ओढदै, कोही पलाष्टिक ओढदै, कोही केराका पात र कोही कर्कलाका पात ओढदै किताब च्यापेर स्कुल दौडीरहेका नानी बाबुहरु। चिसो पानीमा भिजेर न्यानो भविष्य कमाउन दौडीएकमा मेरा भाइ बहिनी देखेर म भाव विह्वल हुन्छु। मैले सुनिन कहिल्यै तिनीहरुले पानीलाइ सरापेको। मेरै जमानामा पनि म धेरै पटक पुरै भिजेर स्कुल गएको छु। घरमा एक दुइवटा मात्रै छाता। हामी छ छ जना त स्कुल जाने मात्रै थियौ। कस्ले लैजाने छाता। जसको शक्ती उसको भक्ती भने झैं दाजु दिदी ले लैजान्थे छाता। अनी त आफू उही कर्कलाको पात ओढेर दौडदै स्कुल पुग्दा पानीले मेरा भित्रै सम्मका अङ्ग छामी सकेको हुन्थ्यो। म कक्षाको कुनामा लुपुक्क बस्थें शरिरकै तातोले ओभाएर न्यानो हुन नपाँउदै छुट्टी हुन्थ्यो अनी फेरी घर फर्कदाँ लछप्पै। कहाँ पाउँनु छाता, कहाँ पाउनु घुम। तैपनी मैले कहिल्यै पानीलाइ सरापिन।
मेरी छिमेकी! हे धुतुमुने बालककी ममतामयी माता। सम्झ त! जस्को खेत यही पानीले बगाएको छ ? तिनले कति सरापे हुनन पानीलाई। जस्को घरबास यही पानीले पैह्राएर बढारेको छ तिनलाइ कती रिस उठेहोला पानी देखी! तर घर पैरोले बगाउँदा पनी खेत बाझीन्छ कि भन्ने चिन्ता हुनेलाइ मात्रै थाहा हुन्छ पानी पर्नु र नपर्नुको पीडा। तिम्रो मुटुको टुक्रालाइ बिहानै पकाएर खुवाएको माम यही पानीले फलेको हो। त्यो माम फलाउने हात खुट्टा हेर त! कठै बरा! हिलाले खाएर राताम्य पारेको छ। तैपनी त्यो किसान अझै थोरै पानी पर्छ कि भनेर चिन्तित छ। मेरी आमा दिदि बहिनीहरु घुम ओढदै चिसो खेतमा आहाल खेल्दै भए पनि खेत रोपिरहेछन। पानी नपर्दो हो त कति सजिलो हुन्थ्यो होला काम गर्न ? तर खै तिनीहरुले पानी बन्द भइदिए हुन्थ्यो भनेको? यदी उनीहरुले पानीलाइ सरापेर खेत नजाँदहुन त कहाँ बाट खुवाउँथ्यौ तिम्रो मुटुको टुक्रालाइ माम? कस्ले उब्जाउँथ्यो तिमी हामी जस्ता शहरमा रम्नेलाइ भात! यही पानी परेन भने चाँडै नै मुल सुकेर शहरवासी माघमा नै काकाकुल हुन पर्नेछ । जसलाइ पानीले सताएको छ उनैले पानीलाइ माया गरेका छन। जस्ले उनीहरुलाइ हरपल अप्ठारामा पारेको छ उनैले सहज रुपमा लिएका छन पानीलाइ। त्यसैले मेरी छिमेकी, मेरा प्यारा सहकर्मी प्रकृतीलाइ सहज रुपमा लिने बानी बसालौं। यदी हामीले चाहेर पानी पार्न सक्दैनौ भने चाहेर रोक्न पनी सक्दैनौ। प्रकृतीलाइ गाली गरेर मुख नदुखाँउ।
सन्देश जी
तपाईको पानी माथिको निबन्ध राम्रो लाग्यो । पानीको कथालाई हजार जिब्रा भएका शेषनागले बयान गरेर त सकेनन् भने यस पृथ्वीका हामी नाथे मनुष्यले के सक्थ्यौं ?
हर हर महादेव पानी देउ देउ । यतिले पुगेन अरु थपिदेउ ।
Comment by ramesh pokharel — July 30, 2006 @ 4:48 pm
ke cha sandesh yar , temi pani dhari nai lekhne bhaya chau kahile dekhi ho ……………..pani ramro lagyo chito chito lagyo malai ….call gara nai ekchoti malai .
Comment by kapil raj regmi — August 5, 2006 @ 11:25 am