४ बजे खबरदारी जुलुस निस्कने
५ श्रावण, चितवन / ३:४५
सरकार र माओवादी वीच भैराखेको शान्तिवार्तामा विभिन्न तत्वले भाड्ने षडयन्त्र भएको भन्ने लागेर आज चितवनको लायन्स चोकबाट ४ वजे खबरदारी जुलुस निस्कने भएको छ। जसलाइ सफल बनाउनको लागि माइकिङ्ग कार्य भैराखको छ।
म अफिसमा बसिरहको बेला बाहिर माइकिङ्ग गर्दै आएको हुँदा खास आयोजना कसबाट भएको भन्ने एकिन हुन सकेन। जो सुकैले आयोजना गरेको होस यो बेलामा नेपाली एक हुनु पर्ने अवस्था सृजना भएको छ। त्यसैले नागरीक समाजले चितवनमा जुन सहभागी जनाएका थिए त्यस्तै सहभागीताको अपेक्षा सारा देशबासीले गरेको भने पक्कै हुनु पर्छ। किनकी प्रत्येक नेपाली, जो नेपाली हुनुमा गर्व गर्छ, उसले शान्ति चाहेको छ।