HAMRODESH.COM “HamroDesh, HamroPran” :: अजिव काठमाडौ : : July : : 2006

HAMRODESH.COM “HamroDesh, HamroPran”

July 20, 2006

अजिव काठमाडौ

Filed under: समसामयीक चर्चा - सन्देश @ 2:37 pm

सन्देश कडेल 

कही नभएको जात्रा हाँडीगाँउमा। हुन पनी हो अहिले काठमाडौं पुरै जात्रामय भएको छ। जात्रा नभएको त दिनै छैन। हुनत नेपाललाइ बिदेशीले ३६५ दिनमा ३६६ वटा पर्व भएको देश भन्थे अरे। तर लोकतन्त्र आएपछी त जात्रै जात्रा। पहिला पहिला जात्रा हनुमानढोकातिर हुने गर्थे। त्यहाँ बसन्तपुर दरबार स्क्वायएर को नजिकतिर। तर अहिलेका जात्रा चाँही लोकतन्त्र आएकोले होला बढी जसो सिंहदरबार स्क्वयाएर तिर नै केन्द्रित देखिन्छन। सबैले संक्रमणकालीन अवस्था भनेका छन। मन्त्रीहरु सबैकुरालाइ समान्य नै मान्दै हिडेका छन। यही बेला कहीले महिलाले घेर्ने, कहिले दलीतले, कहिले कमैया, कहिले ड्राइभरहरु। सबैले सिंहदरबारलाइ हायल कायल पारेका छन। हैन त्यो सिंहदरबार भित्र के छ र त्यती धेरैं पुलीस राख्दा पनी सुरक्षित नभएर जनताले गेट कुरेर बस्नु पर्ने ! (किन कुरेका हुन कुन्नी ?) अहिले त गेट कुरेर धर्ना दिने काम फेसन जस्तो भइसक्यो। अब कुन दिन देखी जनताहरु स्वास्नीले घरबाट लखेटे पनी सिंहदरबार, दुलाहाले कुटे पनी माइत जाने धम्की दिएर सिंहदरबारतिर टाप !

काठमाडौमा देख्‍न पाइने अर्को मजा हो गर्मीको फेसन। म तराइ गएको थिएँ गर्मीमा मलाइ अती गर्मी अनुभव भयो यहाँको भन्दा । फेरी काठमाडौ आएँ तर उहाँको भन्दा अझै गर्मी लाग्यो यहाँ। मलाइ पसिना आएर वा गर्मी अनुभव भएर होइन नी। तराइको त्यस्तो गर्मीमा पनी यहाँका जस्ता शरीरका धेरै ठाँउमा खुल्ला राखेर हिडने लडकी देखेको थिइन। त्यसैले बबुरोले ठान्यो गर्मी त काठमाडौं बढी रैछ बा! हुन त काठमाडौका केटीहरुलाइ तुलनात्मक रुपमा बढी नै गर्मी हुने गरेको पाएको छु। दाँत कटकटाउने जाडोमा उनीहरु हाफ बाहुले लगाएर एकसरोमा नै आइसक्रिम खाएको देख्‍ने गर्थें ।(हुन त त्यो आइसक्रिम उनीहरुको खल्तीको नभएर नजिकै लठारिने खल्तीको करामत थियो, सित्तैमा मिलेर हो कि ?)

 अर्को एउटा काठमाडौंको बिशेषता के हो भने बर्खामा जतासुकै टुकुचा नै टुकुचा देखिनु। पानी पर्दा बित्तीकै तपाइ हिडनुस जहाँ गएपनी खोलैखोला। जता हेरे पनी पोखरी नै पोखरी। पुतलीसडक, मैतिदेवी, ठमेल सबैतिरका बाटाहरु खोलामा परिणत हुन्छन। पानीले सबै समतुल्य देखेपछी छामछुम गरेर हिडनु पर्ने नत्र कतीखेर खाल्डमा परिएला भन्ने पिर। पानी परेपछीका क्षण झन रमाइला हुन्छन। तपाइ बाटोको बिचमा नहिडेंर पेटीमा हीडनु भयो भने आकासे पानीले रुझाउन नसकेको ज्यानलाई छतको पानी ले रुझाइदिन्छ। छाता ओढनुस तर छाता प्वाल पार्ने पानी खस्छ तपाइको टाउकोमा। तपाइले नसोचेको मुसलधारे पानी! अन्त धेरैजसो ठाँउमा त पिच नभएको बाटोमात्रै हिलो हुन्छ। तर काठमाडौंमा त पिचबाटोमाथी यती हिलो हुन्छ की पिचबाटो नै देखिदैन। यस्को सबैभन्दा बढी मार खान्छन बटुवा । मोटरसाइकल घ्यार्र गरेको सुने पनी तर्किन पर्ने, गाडी टिं गरे पनी तर्किन पर्ने । तैपनी तर्कदा तर्कदैपनी छ्याप्प हिलो पार्दै दौडन्छन। जोगीनै मुस्किल। अब घाम लाग्यो भनेर पनि सुख पाइने अवस्था छैन। घाम लागेपछी बाटोमा भएको हिलो सबैभन्दा चाँडो सुक्छ। अनी फेरी सडक पुरै धुलाम्य। श्‍वास नै फेर्न गाह्रो हुने।

काठमाडौको त यो हाल छ भने अरु ठाँउको के हाल होला। एक पल्ट सोचौं त। कतिपय पिच बाटोहरुमा भैसी आहाल खेल्लान? कति बाटोहरुमा भ्यागुताले पानी गाँडा हुर्काउलान। कतीपय बाटोमा हाम्रा साना साना बालबालीकाहरु माछाका भुरा मार्लान! गाँउमा बाटो गएपछी बाटैबाटो बिकास आउँछ भन्थे पहिला। यस्ता स्वयं पीडीत बाटाहरुले कतिको निकास देलान बिकासलाई? दैनिक हडताल र जाम गर्न उत्साहित मान्छे हरु, तोडफोड गर्न उत्प्रेरित हातहरु किन जुटदैनन बिकासको मुलधारमा? के नेपालीहरु सधैं सरकारले गरेन भनेर यत्तीकै बस्लान? यत्तीकै सरकारको आलोचना गरेर बसे भने के होला देशको हालत?

3 Comments »

  1. राम्रो छ। यस्तै हो भने व्लगको स्तर पक्कै सुधार हुने छ। लेख को गुणात्मक वृद्घि हुदै जाओस् । शुभकामना

    Comment by नगेन्द्र पौडेल — July 20, 2006 @ 3:32 pm

  2. गजब छ । कंडेल भाई लाई साधुबाद ।

    Comment by महाँप्रसाद गुरागाँइ — July 20, 2006 @ 4:19 pm

  3. सन्देश जी
    तपाईंको कुरामा म एकदमै सहमत छु ।
    काठमाण्डौका घतलाग्दा घटनाहरु फेरि फेरि पनि भन्नुहोला।
    हाम्रोदेश डट कम को जय होस् ।

    रमेश

    Comment by ramesh pokharel — July 24, 2006 @ 3:33 pm

Leave a comment



Anti-spam measure: please retype the above text into the box provided.






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft