केहि मुक्तक :- सन्देश कँडेल
१
तिमीलाइ बाहुबीच राखी कसीलो आलिङ्गनमा
झुमझुम भए म त रागीलो अनी रसीलो चुम्बनमा
तापमान चढ्दो भयो भेल बग्यो नशा नशामा
रंगीयो सशरीर सबै, चाप बढ्यो स्पन्दनमा
२
उर्लदो भयो शरीरको गती थाम्नु कसरी
फुट्यो बाँध धैर्यको फेरी बाँध्नु कसरी
मत्ता हात्तीसरी मात फेरी मात्तीएर आयो
विस्फोट हुने तत्वलाइ साँच्नु कसरी ?
३
एकबार हेर ती आँखा यता जुधाइ
भन्दैछन केही मेरा नयन तिमीलाइ
आउ बाहुपासमा मेरो म गर्छु आलिङ्गन
प्रेमपाश नै हो सबैभन्दा मिठो बन्धन
४
केही थोपा जिन्दगानी, कती पिउँ कती साँचु
अप्ठ्याराहरु रैछन धेरै, कहिलेसम्म कती बाँचु
आजे पुरै बाँचे फेरी भोली विहानै मर्छु कि त
पीडाहरुको एम्बुसमा छु हजुर म कसरी हाँसु ?
५
दुख लाग्यो जिन्दगी अब दास हुदैछ
र पनि त जिन्दगी अब कसैको खास हुदैछ
संसार अचम्म छ आफू देख्दा आफै दङग
दिल चर्कने मौसममा पनी उस्को मेरो समास हुदैछ ।