सूचना! सूचना!! सूचना!!!
यहाँ कतैबाट झुक्किएर यस साइटमा प्रवेश गर्नु भएको भने कृपया हामि यहाँ सरेको जानकारी गराउन चाहन्छौ। हाम्रोदेश.कम http://hamrodesh.com यो नै हाम्रोदेशको स्थायी घरहो। धन्यवाद।
यहाँ कतैबाट झुक्किएर यस साइटमा प्रवेश गर्नु भएको भने कृपया हामि यहाँ सरेको जानकारी गराउन चाहन्छौ। हाम्रोदेश.कम http://hamrodesh.com यो नै हाम्रोदेशको स्थायी घरहो। धन्यवाद।
विश्व प्रसिद्ध सफ्टवेयर उत्पादक ‘माइक्रोसफ्ट’ ले दशक लामो प्रयासपछि यही वर्षभित्र इन्टरनेटमार्फत टेलिभिजन च्यानललाई बगाउने तयारी गरेको छ। ‘हाई स्पिड इन्टरनेट नेटवर्क’ का माध्यमबाट यो योजनालाई मूर्तरूप दिने अन्तिम तयारी भएको उक्त कम्पनीले जनाएको छ। ‘इन्टरनेट प्रोटोकल टीभी’ नामकरण गरिने यो प्रविधि सफल भए यससँग जोडिएका थुप्रै टेलिफोन कम्पनीका निम्ति भाग्यको भण्डारसमेत खुल्ने छ। जसले घर-घरमा टेलिभिजन च्यानलहरू बगाउँदै आएको केबुल नेटवर्कलाई ठाडो चुनौती दिनेछ। यतिबेला ‘यु ट्युब’ मार्फत बग्दै आएको भिडियो क्लिपहरू अपलोड गरेर टीभीको आनन्द लिने काम भइरहेको छ। तर यो प्रविधि सफल भएपछि भने फोन कम्पनीमार्फत वेबको मुख्य राजमार्गबाटै बगाइने टेलिभिजन ठीक त्यसैगरी हेर्न पाइनेछ, जसरी अहिले केबुल टीभी वा स्याटेलाइट टीभीमार्फत हामीले टेलिभिजन च्यानलहरू उपभोग गर्दै आइरहेका छौं। अहिलेको युगमा इन्टरनेट नजोडिएको कम्प्युटरको हालत जस्तो हुन्छ ठीक त्यस्तै हालत आफ्नो योजना लागू भएपछि ‘इन्टरनेट प्रोटोकल’ नजोडिएको टेलिभिजन सेटको बनाउने तयारी माइक्रोसफ्टको छ। यतिबेलासम्म माइक्रोसफ्टको यो योजनामा बाह्रवटा अन्तर्राष्ट्रिय टेलिफोन कम्पनीहरूले साझेदारी जनाइसकेका छन्। माइक्रोसफ्टले आफ्नो यो योजनाका साथ यस्ता सफ्टवेयरहरूको समेत विकास गर्न लागेको छ जसबाट घरको टेलिभिजन सेटबाटै इमेल, खरिददारी र ‘इन्स्टेन्ट म्यासेज’ गर्नेजस्ता कामसमेत गर्न सकिने छ। ‘कम्प्युटरको घेराबाट नाघेर यो सेवाले विश्वभरिका टेलिभिजन सेटहरूमा समेत प्रवेश गर्यो भने, ‘माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ बालमर भन्छन्- ‘तपाई अन्दाज गर्न सक्नुहुन्न यसको दायरा कति फराकिलो हुनेछ।’ यस किसिमको सेवा माइक्रोसफ्टले पहिले नै टेलिभिजन सेटहरूमा बगाउन खोजे पनि त्यो प्रभावकारी नभएको अवस्थामा ‘इन्टरनेट प्रोटोकल’ ले त्यसलाई साकार पार्ने विश्वास उक्त कम्पनीको छ। औद्योगिक अनुसन्धान कम्पनी ‘गार्टनर’ ले यो सेवा सुरु भएपछि सन् २०१० भित्रमै इन्टरनेट प्रोटोकलको पाँच करोड उपभोक्ता हुने र त्यसबाट १३ खर्ब अमेरिकी डलर आम्दानी हुने भविष्यवाणीसमेत अहिले नै गरिसकेको छ।
साभार: कान्तिपुर
केहि दिन अगाडि एउटा टेलिभिजन च्यानलले "कण्डम"को सहि प्रयोग हुन नस्कदा बालबालिकाको मनोरञ्जनको समाग्री बन्यो भन्दै कराएको सुनेको/देखेको थिए। त्यो घटना थियो रेडक्रसले बाढीपीडितहरूलाई राहत सामाग्री बाढ्दा खेरीको। त्यो दिन चेतनाको अभाव हो भन्ने लागेको थियो। आज फेरी अर्को सामाग्री गोरखापत्रमा पढ्न पाएँ। लेखिएको रहेछ "कण्डम खेलमा ढालबहादुर प्रथम"।
दोलखाको चरिकोटमा असोज २८ गते भएको जनचेतना अभिवृद्धि कार्यक्रम अन्तर्गत उक्त खेल खेलाइएको रहेछ। अब अचम्म के भने बालबालिकाले त थाहा नपाए त्यसो गरे भने यहाँ रेडक्रसले नै त्यस्तो गर्न लगाएको रहेछ अब यसलाइ के भन्ने?
जनचेतना जगाउन त जसको जे प्रयोग हो त्यो प्रति लक्षित हुनु पर्ने ठाउँमा यसरी फुलाउन लगाएर जनचेतना कत्तिको फैलिन्छ कुन्नि! गलत अर्थ नलगाइयोस्। शैक्षिक उपाय अपनाइयोस् मात्र भन्न खोजेको।
गोरखापत्रको समाचार यस्तो छ।
कन्डम खेलमा ढालबहादुर प्रथम: दोलखा समाचारदाता
चरिकोट, असोज २८ गते। कन्डम सुरक्षित, भरपर्दो र बलियो हुन्छ भन्ने जनचेतना अभिवृद्धि गराउन नेपाल रेडक्रस सोसाइटी उपशाखा चरिकोटले आयोजना गरको ‘कन्डम खेल’ मा ढालबहादुर थामीले प्रथम स्थान हासिल गरे। एक मिनेटको अवधिमा नफुटाइकन कन्डम सबभन्दा ठूलो फुलाएर देखाइदिने ढालबहादु धामीभए भने आङ्निमा शेर्पा द्वितीय र पुरूषोत्तम न्यौपाने तृतीय भए।
१२औं राष्ट्रिय कन्डम दिवसको अवसरमा खेलिएको खेलमा नौ जनाले भाग लिएका थिए। विजयी प्रथम,द्वितीय र तृतीयलाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले क्रमश: तीन सय, दुई सय र एकसर रूपियाँ नगद वितरण गर्नु भयो।
जनमानसमा लुकेर रहेको शङ्कालु भावना हटाई कन्डमको प्रयोग गर्न लगाउन एक हप्ताव्यापी कार्यक्रमको आज अन्तिम दिन दोहोरो सुरक्षाका लागि कन्डम प्रयोग गरौं भन्ने नारासहित सदरमुकाम चरिकोमा एक र्यालि गरिएको आयोजकले बताए।
- सँकल्प पोख्रेल
एकै व्यक्तिले कति पटक भोट दिन पाइन्छ?
यसको सहि जवाफ हो "जति पटक पनि"। तपाई सहमत हुनु भएन क्यारे। हो यहाँ यस्तै भोटिङ्ग हुन्छ। अचेल यस्तै संस्कृतिको जन्म भएको छ। विगत केहि वर्षदेखि मानौ यसको बाढीनै आएकोछ। फेरी भन्नुहोला चुनाव नै भएको छैन केको भोटको कुरा गर्छ यो?
मैले संविधानसभा वा अन्य कुनै प्रतिनिधी चुन्ने चुनावको कुरा गरेको होइन। मैले गरेको चुनावको कुरा हो "अवार्ड"को चुनाव। जस्तै अमेरिकाबाट सुरू भएको "अमेरीकन आइडल" देखि भारतीय बजारमा भित्रिएको "इन्डीयन आइडल" हुँदै नेपालमा सुरू भयो "नेपाली तारा" अनि अनेक अनेक। एफ एम हरूमा पनि आफ्नै खालका एफ एम अबार्ड र यस्ता प्रतियोगिताहरू अचेल फेशन भैसकेको छ।
गीतहरू छनौटमा पर्छ त्यो त्यहाँको कुनै चरणपार गरेर पर्छ होला। तर सुन्नमा आउछ त्यसमा पनि निश्पक्ष हुँदैन रे। यो आरोपहरू हो उनै अवार्ड पाएर पनि लिन नजाने कोहि र नपाएको झोंकमा पनि कराइहाल्नेहरूको।
अब कुरा गरौं मुल कुरा को। भोट दिने रे! भोट भनेको एक व्यक्ति एक भोट हुन पर्ने होइन र? मेरो मान्यता यहिहो। तर यहाँ त भोट जतिसक्छौ देउ अनि मलाइ जिताउ भन्ने नारा भै सकेको छ। एक पटक सोच्नुहोस् त अब हुने संविधानसभामा पनि यसै भयो भने कस्ले जित्ला?
म त यसलाइ विकृतिकोरूपमा हेरेको छु। यसले श्रष्टामाथि धात हुँदैन भन्न सकिँदैन। कसैको पहुँच इन्टरनेट वा अन्य माध्यममा नहुँन सक्छ जो राम्रो श्रष्टाहो। अचेल वेवसाइट मार्फत भोटिङ्ग भै राखेको छ। उदारहणको लागि "कालिका एफ एम म्यूजिक अवार्ड" हेर्नु होला। यहाँ जति पटक पनि भोट दिन पाइन्छ।
यसमा छनौट भएकाहरू एफ एम ले छपाएको कार्ड किन्दै एकै व्यक्तिलाइ कार्ड भरिदिनुहोस् है भन्दै र साइबरवालाहरूलाइ विन्ति गर्दै बारम्बार भोट दिन आग्रह गर्दै हिडेको प्रष्ट देख्न पाइन्छ। के यसो गरेर कुनै वाइयात गीत वा शब्दले अवार्ड पायोभने कस्को खिल्लि उडाउने हो सोचनीय छ।
त्यसैले यस्ता विकृतिलाइ आजैबाट हटाउन जरूरी छ।
–> सँकल्प पोख्रेल
याहुले हाल आएर उसको सफ्टवेयर अपग्रेड गरेको छ। याहु ८ नाम दिएको यस सफ्टवेयर आफ्नो कम्प्युटरमा इन्स्टल गर्न सिधै उसको सर्भरबाट इन्टल गर्न पर्ने वाध्यात्मक नीति प्रयोग गर्दै आएको छ।
हाम्रो जस्तो मुलुकमा त्यो विधी प्रयोग गर्न निकै कठीन हुन्छ। हाल मात्र नेपालमा केवलनेट वा ताररहित नेट चलाउन प्रचलन बढेर गए पनि धेरै प्रयोगकर्तासम्म यसको पहुँच पुगेको छैन। केबलनेट वा ताररहित प्रयोग कर्ताकोलागि सजिलो भए पनि डायलअप प्रयोगकर्तालाइ त्यति सजिलो भने हुँदैन। तसर्थ यसको सजिलो उपाय पत्ता लगाएकोले यहाँहरूलाई जानकारी दिन पाउँदा म हर्षित छु।
यदि तपाईको कम्प्युटरमा कुनै डाउनलोड गर्ने सफ्टवेयर छ भने यो यहाँ थिच्नुहोस् र त्यसले सिधै पुरै सेटअप फाइल डाउनलोड गर्नेछ र पछि सेटअप गर्न सक्नुहुनेछ। त्यस्तो कुनै सफ्टवेयर छैन भने फाइल सेभ एज टार्गेट गर्नुहोस्। यो फाइल पुरै डाउनलोड भए पछि अनलाइन इन्टलेसन गर्न जरूरी छैन।
मैले पनि डाउनलोड गर्दैछु । यसको फिचरको बारेमा पछि चर्चा गर्ने छु।
साभार:जनआन्दोलन.कम
१६. "आन्दोलन दबाउनलाई बराबर निर्देशन आउने ठाउ“ मुख्यतयाः गृहसचिव र गृहमन्त्रालय हो" । -ललितपुर जिल्लाका तत्कालीन प्र.जि.अ. प्रेमकुमार वान्तवाको बयान) १७. "पञ्चायत व्यवस्थाको विरोध गर्न नहुने भन्ने तत्कालीन केन्द्रीय नीति अनुरुपको कार्यहरू गरिन्थ्यो" । -काठमाडौं जिल्लाका तत्कालीन प्र.जि.अ. केशवराज राजभण्डारीको बयान) १८. -क) तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारले जनआन्दोलनलाई निष्त्रिmय तुल्याउनको निम्ति समय समयमा नीति बनाउनको लागि कहिले निजकै अध्यक्षतामा तथा धेरैजसो तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापाको अध्यक्षतामा सुरक्षा समितिको गठन गरिएको थियो, त्यहा“ तय गरेका नीति अनुरुप आन्दोलनकारीहरूलाई विफल तुल्याउन प्रशासनिक उपायहरूको सहारा लिएको थियो । -ख) सुरक्षा समितिमा गृहराज्यमन्त्री, गृहसचिव, आई.जी.पी., जनसर्म्पर्क चिफ, अञ्चलाधीश समेत रहने, उक्त समितिले आन्दोलन दबाउन समय समयमा विभिन्न निर्ण्र्ाारू गर्ने गर्दथ्यो । -ग) जनआन्दोलनको क्रममा केन्द्रबाट प्रधानमन्त्री, गृहराज्यमन्त्री, गृहसचिवहरूबाट समय समयमा नीति, निर्देशन हुन्थ्यो । -घ) जनआन्दोलनको क्रममा केन्द्रमा परशुनारायण चौधरीको संयोजकत्वमा प्रतिकार समिति गठन भएको थियो, उक्त समितिमा गृहराज्यमन्त्री निरञ्जन थापा, कमल थापा, डा. मोहम्मद मोहसिन, सुरेन्द्रबहादुर बस्नेत, हरिशचन्द्र महत, मुख्य सचिव, परराष्ट्र सचिव, भरतबहादुर प्रधान समेत थिए, यसको मुख्य कार्य राजनैतिक दृष्टिकोणबाट जनआन्दोलनलाई निष्त्रिmय बनाउनु थियो । -ङ) जनआन्दोलनको क्रममा जनआन्दोलनको आह्वान गरिसकेपछि तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई बलबाट होइन राजनैतिक समाधानको बाटो खोज्नुपर्यो भनी पटक पटक अनुरोध गर्दा समेत नमानेकाले नै जनधनको क्षति भएको हो । -च) २०४६।१२।२४ गतेको काठमाडौंमा घटेको घटनाको सम्बन्धमा सो दिन अगाडि चैत्र २३ गते अपरान्ह तत्कालीन गृहराज्यमन्त्री निरञ्जन थापाको अध्यक्षतामा सुरक्षा समितिको बैठक बस्यो, २४ गतेका दिन काठमाडौंमा कफर््र्यू लगाउनर्ुपर्छ भन्ने माग राख्दाराख्दै पनि उहा“ले नमानेकाले सो दिनको घटना घटी जनधनको क्षति हुन गएको हो ।" -तत्कालीन बागमती अञ्चल अञ्चलाधीश नरेन्द्रकुमार चौधरीको बयान) उपरोक्त बयान समेतका विवरणहरूका सम्बन्धमा के कसो भएको रहेछ भनी छानविन गर्न केन्द्रीय सुरक्षा समन्वय समिति समेतमा बसी आन्दोलन दबाउन विभिन्न किसिमका निर्देशनहरू प्रहरी प्रधान कार्यालयमार्फ् पठाउने गरेको भनिएका तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर सिंहलाई यस सम्बन्धमा के कसो भएको र के कसो गरिएको हो भन्ने सम्बन्धमा बुझ्न यस आयोगसमक्ष झिकाइ बयान गराउ“दा निजले ‘गृहमन्त्रालयबाट प्राप्त आदेश बमोजिम गर्न प्रहरी प्रधान कार्यालयलाई मातहतका प्रहरी कार्यालयहरूबाट निर्देशन दिएको हो, तत्काल केन्द्रीय सुरक्षा समिति प्रधानसेनापतिको अध्यक्षतामा, मुख्य सचिव, गृह सचिव, बलाधिकृत, बागमती अञ्चलाधीश, प्रहरी महानिरीक्षक, जनसर्म्पर्क कार्यालयका मुख्य अधिकृत समेत भएको समिति गठन गरिएको, शान्ति सुरक्षाको सम्बन्धमा के कस्ता उपाय अपनाउने भनी यसले श्री ५ को सरकारलाई सल्लाह दिने काम गर्दथ्यो, तत्काल अस्थायी प्रकृतिको सुरक्षा समिति गठन गरिएको थियो जसमा गृहमन्त्रीको अध्यक्षतामा महान्यायाधिवक्ता, गृहसचिव, प्रहरी महानिरीक्षक, नेपाल जनसर्म्पर्क प्रधान कार्यालय मुख्य अधिकृत, शाही नेपाली जंगी अड्डाका प्रतिनिधि र बागमती अञ्चलाधीश रहन्थे, सो समितिको बैठकको अध्यक्षता यदकदा प्रधानमन्त्रीले पनि गर्नुहुन्थ्यो, शान्ति सुरक्षा कायम राख्न कस्तो उपाय अपनाउने भन्ने सम्बन्धमा छलफल हुन्थ्यो, गृहमन्त्रीको अध्यक्षतामा बैठक बसेको बेला आफ्नो निर्ण्र्ाास्वीकृतिको लागि प्रधानमन्त्रीसमक्ष पेश गर्दथ्यो र प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसेको अवस्थामा बैठकको निर्ण्र्ााबमोजिम कार्यान्वयन गर्ने आदेश प्रधानमन्त्रीबाट हुन्थ्यो, केन्द्रीय सुरक्षा समिति र केन्द्रीय सुरक्षा समन्वय समिति अलग अलग थिए, दुवै समितिको निर्ण्र्ााकार्यान्वयन गर्ने अधिकार प्रधानमन्त्रीमा नै थियो, २०४६।१२।२३ गते गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कफर््र्यू लगाउने सम्बन्धमा छलफल भएको थियो, केही सदस्यहरूको कफर््र्यू नलाउने विचार रहेकाले सो प्रस्ताव अन्तिम निर्ण्र्ााो लागि प्रधानमन्त्रीसमक्ष पेश गरिएकोमा प्रधानमन्त्रीबाट कफर््र्यू लगाउनेबारे कुनै पनि आदेश प्राप्त नभएकाले कफर््र्यू नलगाइएको हो, अवैध राजनैतिक पार्टर्ीीे अस्तित्व बोध हुने गरी राजनैतिक उद्देश्यले र्सार्वजनिक अस्तित्व बोध हुने गरी राजनैतिक उद्देश्यले र्सार्वजनिक स्थलमा सभा जुलुस आदि रोक लगाउने श्री ५ को सरकारको नीति अनुरुप नै कार्य भएको हो’ भन्ने समेत व्यहोरा उल्लेख गरी यस आयोगसमक्ष बयान गरेको देखिूदा जनआन्दोलनको सिलसिलामा अस्थायी केन्द्रीय सुरक्षा समन्वय समिति गठन गरिएको र त्यस समितिको बैठक समय र परिस्थिति अनुसार प्रधानमन्त्री र गृहमन्त्रीको अध्यक्षतामा हुने सो समितिको निर्ण्र्ाारू प्रधानमन्त्री र गृहमन्त्रीबाट कार्यान्वयन हुने रहेछन् भन्ने कुरा देखिन आयो । आन्दोलन दबाउन अनुचित बलको प्रयोग समेत गर्नू भनी स्थानीय प्रशासनलाई समय समयमा आदेश दिई कार्यान्वयन गराउने भनिएका गृहमन्त्रालयका कामु सचिव भक्तबहादुर कोइरालालाई यस आयोगसमक्ष झिकाई बुझ्दा निजले प्रहरी महानिरीक्षकले उल्लेख गरे बमोजिमकै केन्द्रीय सुरक्षा समिति र केन्द्रीय सुरक्षा समन्वय समिति गठन गरिएको भनी बयान गरेको र ‘२०४६ साल पौष २६ गतेदेखि चैत्र ९ गतेसम्म सवारी शिविर पोखरामा कामु सवारी सचिवमा काजमा खटिएको र २०४६ चैत्र १० गतेदेखि पुनः गृहमन्त्रालयमा हाजिर भई कार्य गरेको, राजनैतिक व्यवस्थाले जे जस्तो लक्ष्य राखेको हुन्छ, त्यही मर्यादाभित्र रही काम गर्नुपर्ने हुन्छ । जनआन्दोलनको क्रममा शान्तिपर्ूण्ा जुलुसमा गोली चलाएको थियो भन्ने औचित्य देखिूदैन, शान्ति सुरक्षाका निमित्त बाध्य भई गोली चलाएको देखिन्छ, कानुनको संरक्षण गर्नु नै स्थानीय प्रशासनका निकायहरूलाई सजग गराउन निर्देशन दिइएको हो, कानुनको अधीनमा रही आफ्नो कर्तव्य पूरा गरेकोमा कसैले पनि सजायको भागी हुने कुरा आउ“दैन, दायित्व वहन गर्नुपर्ने हुूदैन’ भन्ने समेत व्यहोराको बयान गरेको देखिन्छ । २०४६ साल पौष २४ देखि २०४६ साल चैत्र ९ गतेसम्म गृहमन्त्रालयका कामु सचिव भई काम गर्ने भनिएका अतिरिक्त सचिव योगेन्द्रनाथ ओझालाई यस अवधिमा के कसो गरिएको हो भनी बुझ्न यस आयोगसमक्ष झिकाइ बयान गराउ“दा निजले गृहमन्त्रालयले आफ्ना मातहतका स्थानीय प्रशासनका निकायहरूलाई आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सजग गराएको हो, गृहमन्त्रालयको काम शान्ति सुरक्षा कायम राख्नु हो, त्यसबखतको संविधानको बर्खिलाप हुने गरी कसैले कामकारवाही गरी शान्ति सुरक्षामा बाधा पुर्याउने काम गरेमा यस्तो हुन नदिनु स्थानीय प्रशासन ऐनले व्याख्या गरेको, मेरो अवधिमा मैले कुनै त्रुटिपर्ूण्ा काम गरेको छैन भन्ने समेत व्यहोरा उल्लेख गरी बयान गरेको देखिन्छ ।
क्रमश:…….
साभार:जनआन्दोलन.कम मल्लिक आयोगको ठहर र दोषीहरूः -मोरङ्ग जिल्लाका तत्कालीन प्रजिअ रामानन्द मिश्रको वयान) २. "जनआन्दोलन दवाउन गृह मन्त्रालय समेतबाट लिखित आदेश एवं निर्देशन प्राप्त भएको थियो ।" -सुनसरी जिल्लाका प्रजिअ विन्देश्वरप्रसाद सिंहको वयान) ३. "जनआन्दोलनको बेला श्री ५ को सरकारबाट नै नारा, जुलुस, पर्चा पम्प्लेट हुन नदिनु भन्ने निर्देशन थियो सोही बमोजिम कार्य गरिएको हो ।" -प्रहरी चौकी दुहवीका तत्कालीन प्रसनि देवीप्रसाद पोखरेलको वयान) ४. "जनआन्दोलन दवाउनको लागि प्रधानमन्त्रीद्वारा गृहमन्त्रीलाई आदेश दिएको र गृह मन्त्रालयद्वारा आफ्ना मातहतका विभिन्न विभागहरू, जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिई आन्दोलन दवाउनभनिएको थियो ।" -प्रहरी चौकी यदुकुहाका इञ्चार्ज जन्मेजय साहको वयान) ५. "जनआन्दोलन सफल हुन नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट आवश्यक परे बल समेत प्रयोग, गर्न आदेश एवं निर्देशन समेत दिएको थियो, यस्ता आदेशहरू लिखित रुपमा समेत पटक पटक आएका थिए साथै प्रतिकार समिति गठन गर्ने आदेश प्राप्त भएको थियो ।" -धनुषा जिल्लाका तत्कालीन प्रजिअ खेमराज रेग्मीको बयान) ६. "आन्दोलन हुन गर्न नदिन श्री ५ को सरकार, गृह मन्त्रालयबाट पटक पटक आदेश प्राप्त हुन्थ्यो ।" -मकवानपुर जिल्लाका तत्कालीन प्रजिअ गणेशप्रसाद भट्टर्राईको वयान) -चितवन जिल्लाका तत्कालीन प्रजिअ विमलप्रसाद कोइरालाको वयान) -तत्कालीन नारायणी अञ्चलाधीश टेकबहादुर थापाको बयान) ९. "तत्कालीन गृहराज्यमन्त्रीले आन्दोलन दवाउन गोप्य मन्त्रणा दिइरहन्थे ।" -रुपन्देही जिल्लाका तत्कालीन कामुप्रजिअ आत्माराम पाण्डेको बयान) -तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयका सहायक अञ्चलाधीश केदारमान अमात्यको बयान) ११. "आन्दोलन दबाउन गृहमन्त्रालयबाट समेत समय समयमा आदेश एवं निर्देशन भएको थियो" । -पाल्पा जिल्लाका तत्कालीन प्र.जि.अ. बलराम कापरको बयान) -पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन का.वा.प्र.ना.म.नि. द्वारिकाबहादुर श्रेष्ठको बयान) १३. "जनआन्दोलनकारीहरूलाई समयमा नै पक्राउ गर्ने, विरोध पर््रदर्शनहरू हुन नदिने जस्ता निर्देशनहरू गृहमन्त्रालयबाट प्राप्त भएकोले सोही बमोजिमको कार्यहरू गरिएको हो" । १४. तत्कालीन श्री ५ को सरकारको नीति, निर्देशन, तत्काल विद्यमान व्यवस्थाविरोधी गतिविधि परस्त सभा, जुलुस, नाराबाजी आदि रोक लगाउने समुच्चा खालको निर्देशन थियो, यस्ता आदेशहरू गृहमन्त्रालयबाट प्राप्त हुने गर्दथे" । -तनहूू जिल्लाका तत्कालीन प्र.जि.अ. ऋषिराम लामिछानेको बयान) १५. "आन्दोलन दबाउन माथिल्ला निकायहरूबाट समय समयमा विभिन्न निर्देशनहरू प्राप्त हुने गर्दथ्यो" । -भक्तपुर जिल्लाका तत्कालीन प्र.जि.अ. सुवर्णलाल श्रेष्ठको बयान) क्रमश:………………
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft